२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सँसद र मन्त्री बन्ने अवसर धेरैले पाए तर सबै नेता बन्न सकेनन्

२०८० अषाढ ४, सोमबार मा प्रकाशित ( साल अघि) ६२५ पाठक संख्या

कृष्णब्रत सिंह
सँसद र मन्त्री बन्ने अवसर धेरैले पाए तर सबै नेता बन्न सकेनन् । त्यसैले त मुलुकको यो अवस्था छ।
वी पी ,सुवर्ण, गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद, सुशील, मदन भण्डारी, भरत मोहनलगायत प्रजातन्त्रका पक्षधर नेताहरूको नामले र लोकतन्त्रप्रति समर्पित कार्यकर्ता र इमानदार जनताहरूले गर्दा यो लोकतन्त्र बाँचेको छ ।

लोकतन्त्र र यो मुलुक जोगाउनका लागि सभामुख महोदय, यो आर्थिक वर्षको बजेट बिनियोजन गर्दा बजेट खर्चलाई बढी प्राथमिकता दिएको देखिन्छ । मुलुक आत्मनिर्भर नहुन्जेल केही हुनेवाला छैन । मुलुकलाई आत्मनिर्भर बनाउने बजेट खोई ?
देशको आर्थिक विषय महत्वपूर्ण विषय हो । मेरो विश्लेषणमा स्थानीय निकायदेखि सरकारसम्म खर्च कटौती नगरेसम्म लोकतन्त्र बदनाम हुन्छ र यो मुलुकलाई ठूलो असर पर्ने देखिन्छ । देशको आर्थिक र राजनीतिक अवस्थालाई ध्यान दिइएन भने मुलुकको अवस्था गम्भीर हुनसक्छ।
यसका लागि निम्न उपाय अप्नाउन सकिने देखिन्छ:
आम नागरिकको तर्फबाट संविधान संशोधन जरुरी देखिएको छ ,
(१) समानुपातिक प्रतिनिधित्व प्रणाली खारेज गर्ने,
(२) प्रत्यक्ष सङ्घीय सदस्य र प्रादेशिक सदस्यको सिट संख्या आधी घटाउने, यदी हुन सक्छ भने तीनवटा प्रदेश मात्र कायम गर्ने।
(३) स्थानीय निकायको खर्च कटौती गर्ने ,
(४) कर्मचारी सङ्ख्या कटौती गर्ने ,
(५) भ्रष्टाचार गर्नेहरूलाई कडा कानुनल्याउन संविधानमा ब्यवस्था गर्ने ,
(६) गाउँलाई लक्षित गरि बनाईएको नगरपालिकालाई खारेज गरि गाउँ विकास समिति बनाइयोस ,
(७) देशभरी जनतालाई ढाड सेकनेगरी लगाईएको अनावश्यक कर अबिलम्ब खारेज गरियोस ।
(विचारक सामाजिक लोकतन्त्र अध्यन केन्द्र बाराका संयोजक हुनुहुन्छ ।)

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु