२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

हाम्रो समााज जागरण अभियानद्वारा सञ्चालित सीपमूलक ब्युटिसियन तालिम सम्पन्न

२०८० अषाढ १०, आईतबार मा प्रकाशित ( साल अघि) ३५० पाठक संख्या

सीता अधिकारी
सिमरा, १० असारः हाम्रो समााज जागरण अभियानद्वारा सञ्चालित २५ दिने सीपमूलक ब्युटिसियन तालिम आइतबार सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१५ को डुमरवानामा बारा क्षेत्र नं.३ (क)का प्रदेशसभा सदस्य रविन्द्रदास श्रेष्ठको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत आयोजित सीपमूलक तालिम सम्पन्न भएको हो ।

तालिममा सहभागीहरुलाई प्रदेशसभा सदस्य रविन्द्रदास श्रेष्ठले प्रमाण पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि रहनुभएका प्रदेशसभा सदस्य श्रेष्ठले जनताको करबाट विनियोजित बजेट समुदायसम्म पुगोस् र समाजले पाएको महसुस गरोस् भन्ने उदेश्यले सीपमुलक तालिममा खर्च गरिएको बताउनु भयो । उहाँले तालिम सीपमा परिणत भै व्यवसाय र आम्दानीको श्रोत बन्नुपर्छ भन्नुभयो ।

यस्तै विशिष्ट अतिथि रहनुभएका अर्का प्रदेशसभा सदस्य देवनारायण चौधरीले सीपलाई आय अर्जनको माध्यम बनाउन सकेमात्रै तालिमको सार्थकता हुने धारणा व्यक्त गर्नुभयो ।

तालिममा सहभागी सकिला खातुनले मुस्लिम छोरीका लागि ब्युटिसिन तालिम लिन पाउनु नै उपलब्धि भएको बताउनु भयो । अर्की सहभागी कविता लम्सालले ब्यवसायी बन्न थप तालिम चाहिने बताउनु भयो । निर्वाचन क्षेक्र विकास कार्यत्रमको ५ लाख रुपैंयामा आयोजना गरिएको तालिममा सहभागिहरुले तालिम उपलब्धीमूलक भएको भन्दै थप एड्भान्स तालिमका लागि अनुरोध गरेका छन् । सहभागीहरुलाई प्रशिक्षकद्वय सुशीला रेग्मी र उर्मिला थापाले सहजीकरण गर्नुभएको थियो ।

रेडियो सिमराका निर्देशक एवं तालिम कार्यक्रमका संयोजक सत्य श्रेष्ठको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा हाम्रो समाज जागणर अभियानका सचिव एवं समाजसेवी मनोज पौडेल, कोषाध्यक्ष एवं रेडियो सिमराका प्रवन्ध निर्देशक अच्युत पौडेल,संचालक राजकुमार अर्याल, नेकपा एमाले प्रदेश कमिटि सदस्य किशोर शर्मा, जिल्ला सचिवालय सदस्य अनिल मैनाली, सीमा ठकुरी, पत्रकार विदुर खड्का, पुष्प खतिवडालगायतको सहभागिता रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु