२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

हाम्रो समाज जागरण अभियानद्वारा महिलाहरुका लागि छाला रोग तथा स्वास्थ्य तालिमको सुरुवात

२०८० अषाढ ११, सोमबार मा प्रकाशित ( साल अघि) २९६ पाठक संख्या

सीता अधिकारी
सिमरा, ११ असारः हाम्रो समाज जागरण अभियानले महिलाहरुका लागि छाला रोग तथा स्वास्थ्य तालिमको सुरुवात गरेको छ । अभियानले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १५ को डुमरवानामा महिलाहरुका लागि ३ दिने छाला रोग तथा स्वास्थ्य तालिमको सुरुवात गरेको हो ।
प्रदेश साँसद रवीन्द्रास श्रेष्ठको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत महिलाहरुका लागि छाला रोग तथा स्वास्थ्य तालिम सुरुवात गरिएको हो । तालिमको आइतबार प्रदेश साँसद रवीन्द्रदास श्रेष्ठले एक कार्यक्रमका वीच उद्घाटन गर्नुभयो ।
कार्यक्रमका बारेमा हाम्रो समाज जागरण अभियानका कोषाध्यक्ष एवं रेडियो सिमराका प्रबन्ध निर्देशक अच्युत पौडेलले प्रकाश पार्नुभएको थियो । हाम्रो समाज जागरण अभियानका सञ्चालक राजकुमार अर्यालको सभाध्यक्षतमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेश साँसद देवनारायण चौधरी, हाम्रो समाज जागरण अभियानका सचिव एवं समाजसेवी मनोज पौडेल, सञ्चारकर्मी पुष्प खतिवडालगायतको उपस्थिति थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु