२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सिकाइको गुणस्तरमा प्रोत्साहन गर्न जीतपुरसिमराले गर्यो विद्यार्थी र विद्यालयलाई सम्मान

२०८० अषाढ २६, मंगलबार मा प्रकाशित ( साल अघि) ३३६ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २६ असारः सिकाइको गुणस्तरमा विद्यार्थीलाई प्रोत्साहन गर्न उपमहानगरले मंगलबार सम्मानको कार्यक्रम आयोजना गरेको छ । विद्यार्थीहरुको हौसला बढाउन जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखा जीतपुरसिमराले एक कार्यक्रमकाबिच २०७९ मा कक्षा ८ को परीक्षामा उत्कृष्ट नतीजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान गरेको हो ।
यसबर्ष जीतपुरसिमराले नै आधारभुत तह कक्षा ८ को परीक्षा लिएको थियो । कार्यक्रमकाबिच उपमहानगरपालिकाले सामुदायिक विद्यालयका ४ जना र संस्थागत विलयका ५ जना विद्यार्थीलाई सम्मान गरेको थियो । कार्यक्रमाम नगर प्रमुख राजन पौडेलले विद्यार्थीहरुलाई शैक्षिक सामग्रीसहित नगद पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
सामुदायिक विद्यालयतर्फ नेपाल राष्ट्रिय नमुना मावि सिमराकी ईशा थापा मगर ३.५ जीपीए ल्याएर प्रथम , विक्रम आधारभूत विद्यालय वसतपुरका प्रशान्त सहनी ३.४८ जीपीए ल्याएर दितीय र जनजागृति मावि सखुवाघाटका सुशिलकुमार पटेल र नेरा नमुना मावि सिमराका पृथ्वीराज चौधरीले ३.३८ जीपीए ल्याएर तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।

1689080535300
यसैगरी संस्थागत विद्यालयतर्फ सफल होराइजन विद्यालयका अमन कुमार यादवले ३.८५ जीपीए ल्याएर प्रथम हुन सफल भएका थिए भने पाथिभारा अंग्रेजी स्कुलका छात्र सन्देश घिमिरे, सेन्ट जोन्स एकेडेमीका राहितकुमार पटेल, बारा एकेडेमीका निशिका वस्नेतले ३.७८ ल्याएर दितीय स्थान हासिल गरेका थिए ।
बिद्यालयतर्फ शतप्रतिशत नतीजा ल्याउने वडा नम्बर १७ मा रहेको मिसन एकेडेमी उचिडीलाई नगर प्रमुख पौडेलले नगद ५००० प्रदान गर्नुभएको थियो
नगरको शिक्षा सुधार अभियान थालेको उपमहानगरपालिकाले पहिलो पटक यसवर्ष कक्षा ८ को परीक्षा लिएको थियो । उपमहानगरले पहिलो पटक लिएको परीक्षाको चौतर्फी प्रशंसा समेत भएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु