२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

खेलकुद पत्रकार मञ्च बाराका अध्यक्षमा सुनिल गाउँले सर्वसम्मत

२०८० अषाढ ३०, शनिबार मा प्रकाशित ( साल अघि) ३२७ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ३० असारः नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा बाराको छैठौं साधारण सभा तथा दोश्रो अधिवेशनले अध्यक्षमा सुनील गाउँले सर्बसम्मत गरेको छ । शनिवार बाराको सिमरामा सम्पन्न अधिवेशनले गाउँलेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले समितिको उपाध्यक्षमा कृष्ण सिग्देल, सचिवमा वसन्त खतिवडा, सहसचिवमा प्रदीप गौतम, कोषाध्यक्षमा पुष्पराज खतिवडा, सदस्यहरुमा सीता अधिकारी, निलिसा बर्मा, नवराज चौलागाँई र श्याम गुप्ता सर्वसम्मत चयन गरेको छ ।
यसअघि नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीको प्रमुख आतिथ्यता तथा नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा बाराका अध्यक्ष सुनील गाउँलेको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन समारोहमा पत्रकार महासंघ मधेश प्रदेशका पूर्व सचिब गुरुप्रसाद गौतम, बरिष्ठ पत्रकार प्रकाश लम्साल, प्रेस चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारी, प्रेस युनियन बाराका उपाध्यक्ष वसन्त खतिवडा, प्रेस सेन्टर बाराका उपाध्यक्ष प्रदिप गौतम, सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा, पत्रकार राजमणि बराल लगायतको उपस्थिति रहेको थियो ।

1689434632060

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु