२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

साना किसान कृषि सहकारी सिमराको आठौँ स्थापना दिवस, केक काटेर मनाइयो

२०८० अषाढ ३१, आईतबार मा प्रकाशित ( साल अघि) ३०१ पाठक संख्या

जीतपुरसिमराभित्र सहकारीहरुको एकीकरण जरुरीेः नगर प्रमुख पौडेल
सयपत्री समाचारदाता
जीतपुरसिमरा उपमहानगरपालिकाभित्र सहकारीहरुको एकीकरण जरुरी रहेको नगर प्रमुख राजन पौडेलले बताउनुभएको छ । साना किसान कृषि सहकारी सिमराको आठौँ स्थापना दिवसका अवसरमा आइतबार मन्तव्य राख्दै नगर प्रमुख पौडेलले सो कुरा बताउनुभएको हो ।
उहाँले सहकारीहरु वचत तथा ऋणमा मात्र सिमित रहेकोले अवका दिनमा सहकारीे उत्पादनको क्षेत्रमा जानुपर्ने बताउनु धराणा राख्नुभयो । उपमहानगरले सहकारी संस्थाहरुसँग छलफल गरी नियमनको पाटोलाई अघि बढाउने जिकिर गर्नुभयो ।
चार हजार ७ सय शेयर पूँजिबाट कारोवार सुरु गरेको संस्थाको शेयर लगानी १ करोड ६६ लाख, ३ हजार ६ सय ७० रुपियाँ, वचत ३ करोड ६३ लाख ९ सय ६५ रुपियाँ र ऋण लगानी १५ करोड ९० लाख ३ रुपियाँ रहेको संस्थाका लेखा संयोजक किशोर शर्माले जानकारी दिनुभयो ।
संस्थाले आफ्ना शेयर सदस्यहरुलाई गरेको ऋण लगानीमध्ये यस वर्ष १० प्रतिशत मात्र उठ्न बाँकी रहेको संस्थाका अध्यक्ष कमलाकुमारी रिमालले बताउनुभयो । उहाँले एक दुई दिनभित्र ती सबै ऋण उठाउन सफल हुने पनि दावी गर्नुभयो ।
एकहजार ९ सय २ १ सदस्य संख्या रहेको संस्थाको २सय ५० वटा समूह, १२ वटा अन्तरसमूह रहेको र ६ सय ७५ जनाले संस्थाबाट विभिन्न उद्देश्यमा ऋण लिएको जानकारी गराइएको थियो । यिनै ऋणीहरुमध्ये १० प्रतिशतले ऋण तिर्न वाँकी रहेको बताइएको हो ।
कार्यक्रममा नगरप्रमुख राजन पौडेललाई दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । यसैगरी संस्थाको स्थापना दिवसको अवसरमा केक काटेर मनाइएको थियो ।

1689502993108
कार्यक्रममा केन्द्रीय सहकारी संघका पूर्व केन्द्रीय सदस्य शिवराज अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं २१का वडाध्यक्ष सुभाष श्रेष्ठ, संस्थाका सल्लाहकार शिला खनाल, सञ्चारकर्मी विदुर खड्का, संस्थाका शेयर सदस्य ईश्वर थपलिया, इन्दिरा खत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष लक्ष्मी वस्नेतले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सहजकर्ता कुलोत्तम पोख्रेलले गर्नुभएको थियो ।

1689503028269

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु