२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बाराको टाँगियावस्तीमा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे

२०८० श्रावण २, मंगलबार मा प्रकाशित ( साल अघि) ३९७ पाठक संख्या

सीता अधिकारी
सिमरा, २ साउनः जीतपुरसिमरा उपमहानगरपलिकाको टाँगियावस्तीमा मंगलबार बाघको आक्रमणबाट १० वटा बाख्रा मरेका छन् । बाख्रा पालेर जीविकोपार्जन गर्दै आइरहेका बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १६ टाँगियावस्तिका स्थानीय धनबहादुर थिंगको १० वटा बाख्रा बाघको आक्रमणबाट मरेको हो ।

बिहान ९ बजेको समयमा खोरबाट बाख्रा खोलेर जंगल छेउको बारीमा चराउन लगिएको अवस्थामा जंगलबाट बाघ आएर एक्कासी बाख्रालाई झम्टिएको र १० वटा बाख्रा मरेको धनबहादुरका नाती गणेश तामांगले जानकारी दिनुभयो । २० वटा वबाख्रा चराउन लगेका धनबहादुरले बाघले एक्कासी झम्टन पुगेपछि डरले आफू घरतिर भागेको र १० वटा वाख्रा पनि भागेको र जीवित रहन सफल भएको बताएका छन् ।बाघले मारेका १० वटा बाख्रामा ५ओटा बोका ४ ओटा माऊ बाख्रा एउटा रहेको र पाठी करिब १ लाख रुपियाँको क्षति भएको स्थानीय अगुवा नमराज सन्जेलले बताउनुभयो । उहाँले घटनाका बारेमा प्रहरीलाई जानकारी गराएको जानकारी दिनुभयो ।

FB_IMG_1689694324487
स्थानीयले बाख्रा पालेर जीविकोपार्जन गर्दै आइरहेका धनबहादुरलाई क्षतिपूर्ति दिलाइदिन स्थानीय सरकार र डिभिजन वन कार्यालयलाई आग्रह गरेका छन् ।

क्षतिपूर्तिको व्यवस्था ?
वन्यजन्तुबाट क्षति भएको राहत वितरण निर्देशिका २०८० को दफा ३ को उपदफा १ को खण्ड (») वा (च) बमोजिमको घरपालुवा पशुको क्षतिको राहत उपलब्ध गराउँदा भैँसी वा  राँगो वा गोरु, उन्नत जातको गाई, घरपालुवा चौरी, घोडा, खच्चडको मृत्यु भएमा मूल्यांकनको आधारमा प्रति पशु साठी हजार रुपियाँसम्म र यी बाहेक अन्य पशुको मृत्यु भएमा मूल्यांकनको आधारमा प्रति पशु बढीमा दश हजार रुपियाँसम्म उपलब्ध गराउने व्यवस्था गरेको छ । तर यसका लागि घटनाका स्थलगत फोटो, घटनास्थलको सजृमिन मुचुल्का, प्रहरी प्रतिवेदन, पशुसेवासम्बन्धी प्राविधिकको मूल्यांकन सिफारिस, घर/जग्गाधनी प्रमाणपूर्जा पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु