२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

भाथाको दुग्धेश्वर मन्दिरमा धार्मिक पर्यटनको विकास गर्न सहजीकरण गर्छुः संघीय साँसद श्रेष्ठ

२०८० श्रावण ८, सोमबार मा प्रकाशित ( साल अघि) २९४ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ८ साउनः पर्साको रामभौरी भाथामा रहेको दुग्धेश्वर मन्दिरलाई धार्मिक र पर्यटकीय दृष्टिले विकास गर्न आफूले पनि सहजीकरण गर्ने संघीय साँसद किसान श्रेष्ठले बताउनुभएको छ । सोमबार पर्साको पटेर्वा सुगौली गाउँपालिकाको वडा नं १ मा रहेको श्री श्री १०८ श्री दुग्धेश्वर महादेव मन्दिर (भाथा मेला)को दर्शन तथा अवलोकनका क्रममा पूर्व मन्त्री समेत रहनुभएका श्रेष्ठले सो क्षेत्रको विकासका लागि सहजकिरण गर्ने बताउनुभएको हो ।

1690214055509
यस्तै सघीय सांसद एवं पूर्वमन्त्री श्रेष्ठले मन्दिरको विकासको गतिलाई अघि बढाउन कानुनसम्मत ढंगले आफूले प्रदेश र सँघ संसदमा पनि आवाज उठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
रामभौरी भाथा मेलाको नामले चिनिने उक्त मेला तथा मन्दिर पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको छ । निकुञ्जले निकुञ्जको कानुन र वन्यजन्तुको सुरक्षा तथा मानव सुरक्षाका कारण मुख्य मेला लाग्ने समयबाहेक अरु बेला अनुमति बिना प्रवेशमा रोक लगाएको छ ।
मन्दिर निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष अलखदेव प्रसाद थारु जनप्रतिनिधिको वेवास्ता तथा विविध कारणले यस क्षेत्रलाई धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न समस्या भएको गुनासो गर्नुहुन्छ ।

1690214034492

यस क्षेत्रमा कसैले चासो नदिएकाले पानी, बाटो र विद्युतको समस्या झेल्न बाध्य भएको बताउनुभएको थियो ।
यस्तै भाथा मेला व्यवस्थापन समितिका अध्यक्ष गेनालाल राउत कुर्मीले जनप्रतिनिधिको साथ र सहयोग हुने हो भने यस क्षेत्रलाई विकास गर्न सकिने र धार्मिक पर्यटनको आकर्षणको केन्द्रविन्दु बनाउन सकिने धारणा राख्नुभयो ।

1690214765417

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु