२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

मेडपाद्वारा वार्षिक समीक्षा गोष्ठी तथा प्रविधि हस्तान्तरण कार्यक्रमको आयोजना

२०८० श्रावण १०, बुधबार मा प्रकाशित ( साल अघि) २९४ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १० साउनः गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ( मेडपा)ले वार्षिक समीक्षा गोष्ठी तथा प्रविधि हस्तान्तरण कार्यक्रमको आयोजना गरेको छ । जीतपुरसिमराको उद्यम विकास शाखाले जीतपुरसिमरा उपमहानगरपालिकाको लघुउद्यम विकास कार्यक्रम लागू भएका वडाका समूहहरुलाई बुधबार प्रविधि हस्तान्तरण गरेको हो ।

1690382264255
जीतपुसिमरा उपमहानगरपालिकाका प्रमुख एवं मेडपा कार्यक्रमका संयोजक राजन पौडेलका सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख एवं उपमहानगरका अनुगमन समितिका संयोजक भोला अधिकारी, वडा नं ८ का वडाध्यक्ष शिव शंकर, वडा नं १७ का वडाध्यक्ष भिम बहादुर गन्तान, वडा नं १८ का वडाध्यक्ष चतुरवाबु वाग्ले लगायतको उपस्थिति रहेको थियो
कार्यक्रममा २० प्रतिशत सहभागीको लगानी र ८० प्रतिशत नगरको लगानीमा सामग्री हस्तान्तरण भएको लघु उद्यम विकास कार्यक्रमका प्रमुख दीप नारायण चौधरीले जानकारी दिनुभयो । कार्यक्रममा समूहका सदस्यहरुले स्वरोजगारका लागि उद्यम स्थापना गरपनि बजारीकरणको समस्या भएको गुनासो गरेका थिए ।

1690382171612
कार्यक्रममा उत्कृष्ट उद्ममी जितेन्द्र चौधरीलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

1690381784707

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु