२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

विद्यार्थीमा अंग्रेजी हिज्जे मिलाउने क्षमता वृद्धिका लागि अक्षरा पाठशालामा फस्ट स्पेलिंग बी प्रतियोगिता आयोजना

२०८० श्रावण १३, शनिबार मा प्रकाशित ( साल अघि) ११५४ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १३ साउनः विद्यार्थीहरुमा अंग्रेजी हिज्जे मिलाउने क्षमता अभिवृद्धिका लागि अक्षरा पाठशालाले पहिलो पटक स्पेलिंग बी प्रतियोगिता आयोजना गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका स्तरीय सिनियर स्पेलिंग बी कम्पिटिसनमा एन प्याब्सन आबद्ध १६ वटा विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले भाग लिएका थिए ।
प्रतियोगितामा सहभागी भएकामध्ये सिमरा पब्लिक इँगलिस स्कुल पहिलो स्थान हासिल गरेको छ । यस्तै अक्षरा पाठशाला दोस्रो स्थान र राष्ट्रिय विभूति शिक्षा सदन डुमरवाना तेस्रो हासिल गरेका थिए । विजयी विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । अंग्रेजी विषयका शिक्षक धनञ्जय गौतम र कृष्णबहादुर विश्वकर्मा निर्णायक समितिमा रहनुभएको थियो ।
अक्षरा पाठशालाका प्रधानाध्यापक नरेन्द्र तामांगको सभाध्यक्षतामा भएको कार्यक्रममा एन प्याब्सनका केन्द्रीय सदस्य एवं लोटस एकेडेमीका प्रधानाध्यापक रामप्रसाद अधिकारी, एन प्याब्सन प्रदेश सदस्य बसन्त ढकाल, एनप्याब्सन नगर समितिका अध्यक्ष सागर ठाडामगर, एन प्याब्सनका जिल्ला समिति सदस्य मदन रिजाललगायतको सहभागिता रहेको थियो ।

1690640326114
प्रतियोगितामा अक्षरा पाठशाला, केयर भिजन जीतपुर, एमरल्ड एकेडेमी, एभरग्रीन, एक्स सर्भिसम्यान सुन्दरबस्ती, होली गार्डेन पथलैया, होलीराज जीतपुर, जीतपुर पब्लिक, लोटस एकेडेमी, मिसन एकेडेमी, न्यू एकता, पाथीभारा, राष्ट्रिय विभूति, सहिद स्मारक, सफल होराइजन, सिमरा पब्लिक, सेन्ट जोन्स एकेडेमी विद्यालयले सहभागिता जनाएका थिए । कार्यक्रमको सञ्चालन अक्षरा पाठशालाका छात्राद्वय मन्जिता ढकाल र सुमी घलेले गर्नुभएको थियो ।

1690640310280

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु