२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नेपालको पहिलो स्टील इन्डष्ट्रिज हुलासमा वातावरणमैत्री नयाँ प्लान्ट सञ्चालनमा

२०८० श्रावण १५, सोमबार मा प्रकाशित ( साल अघि) ४५८ पाठक संख्या

सीता अधिकारी
सिमरा, १५ साउनः नेपालको पहिलो स्टील उद्योगका रुपमा स्थापित हुलास स्टील इण्डष्ट्रिजले आइतबारबाट बाराको सिमरामा नयाँ वातावरण मैत्री दुईवटा प्लान्ट सञ्चालनमा ल्याएको छ । हुलास स्टील इण्डष्ट्रिज लिमिटेडका संस्थापक एवं सञ्चालक दिवाकर गोल्छाको ७० औँ जन्मजयन्तीको अवसर पारेर उद्योगले नयाँ वातावरणमैत्री प्लान्ट सञ्चालनमा ल्याएको हो ।

1690775710262
स्वर्गीय गोल्छाका कान्छा सुपुत्र एवं इन्डष्ट्रिजका कार्यकारी प्रमुख हिमांशु गोल्छाको नेतृत्वमा सञ्चालित हुलास स्टीलले प्रदुषण न्युनीकरण गर्न पुराना प्रबिधि हटाउँदै नयाँ र आधुनिक तथा विद्युतीय प्लान्टहरु स्थापना गर्दै जाने बताइएको छ ।स्थायी कामदार ७ सय र अन्य करारका कामदार गरी १ हजार २ सयलाई रोजगार दिन सफल उद्योगका प्रमुख कार्यकारी गोल्छाका अनुसार उद्योगले वार्षिक ३ अर्वको आर्थिक कारोवार गर्ने गरेको छ । उद्योगमा स्थायी कामदार ७ सय र अन्य करारका कामदार गरी १ हजार २ सय बढी कामदार कार्यरत छन् ।

आर्थिक ऐन परिमार्जन नहुने मेयर पौडेलको भनाइ
हुलास स्टील इण्डष्ट्रिज लिमिटेडका प्रमुख कार्यकारी गोल्छाको सभाध्यक्षतामा आयोजित कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले आर्थिक वर्ष २०८०/८१ लागि बनेको आर्थिक ऐन २०८० कुनैपनि अवस्थामा परिमार्जन नहुने बताउनुभएको छ । राज्यलाई कर तिर्ने सवालमा ल्याइएको यस्तो ऐन परिमार्जन नहुने मेयर पौडेलको धारणा थियो ।

1690775812069
व्यवसायीहरुले ऐन संशोधनको माग तथा आग्रह गरिरहेका बेला प्रमुख पौडेलले आर्थिक ऐनका विभिन्न शीर्षकहरुको परिभाषामा आवश्यक छलफल गर्न तयार रहेपनि परिमार्जनका विषयमा नगरपालिका तयार नभएको बताउनुभयो । कार्यक्रममा बोल्दै उपप्रमुख भोलाप्रसाद अधिकारीले हुलासबाट निस्किने प्रदुषित पानीलाई व्यवस्थापन गर्न उद्योगले आवश्यक कार्य गर्नुपर्ने सुझाव दिनुभएको थियो ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले उद्योगले देशको अर्थतन्त्रलाई मजबुत बनाउने हुनाले उद्योगको विकास हुनुपर्ने धारणा राख्नुभयो । प्रजिअ सापकोटाले वातावरणीय प्रदुषण सुरक्षा लगायतको कुरामा उद्योगीहरु गम्भीर हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा बारा पर्सा औधोगिक करिडोरका संयोजक सञ्जय साह र नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन शर्मा लामिछानेले स्थानीय सरकारले विभिन्न शीर्षकमा लगाइएको करले उद्योगी व्यवसायी मर्कामा परेको गुनासो गर्दै आवश्यक छलफल गरी अघि बढ्न स्थानीय सरकारप्रमुखसँग आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा सुरक्षा निकायका प्रमुख लगायत विभिन्न व्यक्ति तथा उद्योगकका कामदारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

1690775730383

रक्तदान कार्यक्रमको आयोजना

हुलास स्टील इन्डष्ट्रिज लिमिटेडका संस्थापक एवं सञ्चालक दिवाकर गोल्छाको ७० औँ जन्म जयन्तीको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । हुलास स्टील इन्डष्ट्रिज लिमिटेडका प्रशासन प्रबन्धक अखिल कुमार सिंहका अनुसार सिमरामा एक सय ५८ जनाले रक्तदान गरेका थिए । जसमा एक सय ४७ जना पुरुष र ११ जना महिला रहेका थिए ।
रक्तदान कार्यक्रमको आयोजना हुलास स्टील इन्डष्ट्रिज लिमिटेड सिमराका साथै हुलास स्टील कर्पोरेट कार्यालय, गणबहाल काठमााडौँ र हिप्को इन्फ्रा प्रा.लि बेलवा बीरगञ्जमा समेत गरिएको थियो ।

1690776225679

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु