२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

टाँगियाबस्तीबाट घरेलु हतियारसहित जनावरका दाँत र नग्ग्रा बरामद, ५ राउण्ड हवाइ फायर, आरोपी फरार

२०८० श्रावण १६, मंगलबार मा प्रकाशित ( साल अघि) ५७० पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १६ साउनः बाराको जीतपुरसिमरा वडा नं १६ टाँगियाबस्तीबाट प्रहरीले घरेलु हतयारसहित जनावरका दाँत र नग्ग्रा बरामद गरेको छ । मंगलबार बिहान टाङीयाबस्ती बस्ने वाङले लामाको छोरा सागर लामाको घरबाट घरेलु हतियारसहित प्रहरीले उक्त सामग्री बरामद गरेको हो ।
लामाको घरमा हातहतियार रहेको भन्ने गोप्य सूचनाको आधारमा निजको घरमा छापामारी गरेको थियो । इलाका प्रहरी कार्यालय नीजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा गएको १५ जनाको प्रहरी टोलीले हातहतियार विभिन्न सामान समेत बरामद गरेको थियो ।
बरामद गरिएका सामग्रीमा भरुवा बन्दुक (लोड भएको अवस्थामा ) एक थान यसै बन्दुकमा प्रयोग हुने बारुद १, छर्रा २, जनावरको दाँत जस्तो देखिने २ वटा, जनावरको रौं १३ ओटा, जनावरको नङ्ग्रा ३ वटा बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।यसैवीच निज सागर लामा र हातहतियार  बरामद गरी पक्राउ गरी प्रहरीले ल्याउने क्रममा स्थानीय र प्रहरी वीच झडप भएको प्रहरीले जनाएको छ ।

झडपका क्रममा  इलाका प्रहरी कार्यालय नीजगढमा कार्यरत प्रहरी बरिष्ठ नायव निरीक्षक कलमबहादुर शाही र प्रहरी सहायक निरीक्षक बालराज गिरी सामान्य घाइते भएका छन् । घाइतेको सामुदायिक प्रसुति अस्पताल निजगढमा उपचार भैरहेको नीजगढ प्रहरीले जनाएको छ ।
प्रहरीमाथि आक्रमण गरी निज सागर लामालाई स्थानीयबासीहरुले भगाएको प्रहरीले आरोप लगाएको छ । प्रहरीमाथि आक्रमण गरी निज लामालाई हथकडी सहित प्रहरी टोलीबाट खोसेर भगाएको प्रहरीले बताएको हो । सो क्रममा प्रहरीले निजलाई भाग्न नदिन र भिड हटाउन ३०३ राईफलबाट ५ राउण्ड हवाई फायर समेत गरेको थियो । फरार व्यक्तिको खोजीकार्य भैरहेको प्रहरीले जानकारी दिएको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु