२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सिमरा महिला साकोसद्वारा सहकारी व्यवस्थापन प्राविधिक सहयोगसम्बन्धी छलफल कार्यक्रमको आयोजना

२०८० श्रावण २७, शनिबार मा प्रकाशित ( साल अघि) ६२२ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २७ साउनः बारा जिल्लामा नमुना सहकारीका रुपमा स्थापित सिमरा महिला सहकारीले शनिबारबाट सहकारी व्यवस्थापन प्राविधिक सहयोगसम्बन्धी दुईदिने अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. ‘सम्वृद्धि’ का लघुवित्त तथा सहकारी विज्ञ प्रकाश पाण्डेको उपस्थितिमा सिमरा महिला साकोसले सो अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा विनियम पुनर्लेखन, व्यवसायिक योजना, तयार गर्नुपर्ने कार्यविधिमा सम्पत्ती शुद्धीकरण, तालिम नीति, जोखिम व्यवस्थापन, सदस्य राहत कोष सञ्चालन कार्यविधि, सदस्यता नीति, सुशासन नीति कार्यविधि, पुरस्कार नीति कार्यविधिमा छलफल गरिएको थियो । त्यसैगरी कर्मचारी व्यक्तिगत फाइल, सञ्चालक समितिको माइन्युट, साधारणसभा पुस्तिका(बन्द), कर्मचारी बिदाको रेकर्ड आदिका बारेमा पनि छलफल भएको संस्थाका अध्यक्ष अनिता लम्सालले जानकारी दिनुभयो । छलफल भोलिसम्म चल्ने बताइएको छ ।
छलफल कार्यक्रममा संस्थाका उपाध्यक्ष मुना खरेल, कोषाध्यक्ष गीता शर्मा, सञ्चालक सदस्य सनम पौडेल, शान्ता गौतम, लिलामाया श्रेष्ठ, लेखा समिति संयोजक सरस्वती गौतम, पूर्व अध्यक्ष पुण्यवती कँडेललगायत विभिन्न उपसमितिका सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

1691833353790

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु