२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरामा शिक्षकहरुको धर्ना

२०८० श्रावण २८, आईतबार मा प्रकाशित ( साल अघि) ३६७ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २८ साउनः प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० मा भएका केही बुँदाहरु सशोधनको माग गर्दै नेपाल शिक्षक महासंघ जीतपुरसिमरा नगर समितिले आइतबार उपमहानगरपालिकाको कार्यालय प्रांगणमा तीन घण्टा धर्ना दिएको छ । प्रस्तावित शिक्षा ऐनमा भएका केही असहमतिका बुँदाहरु संशोधन र सरकारसंग यसअघि भएका सहमति कार्यान्यवनका लागि दवाव दिन नगर समितिले उपमहानगरपालिकाको कार्यालय प्रांगणमा बिहान ११ बजेदेखि २ बजेसम्म धर्ना दिएको हो ।

धर्ना कार्यक्रमपछि शिक्षकहरुद्वारा नेपाल सरकारसँग भएको ३० बुँदे र ५१ बुँदे सहमतिको छायाप्रति नगर प्रमुख राजन पौडेललाई बुझाइएको महासंघ नगरका संयोजक शंकरकुमार आचार्यले जानकारी दिनुभयो ।

1691941628531

सरकारसंग यसअघि भएका सहमति कार्यान्यवनका लागि दवाव दिन शिक्षकहरुको छाता संगठनको रुपमा रहेको महासंघले साउन २६ गते विरोधका कार्यक्रम घोषणा गरेको थियो । सोही अनुसार जीतपुरसिमरासंगै बाराको सबै स्थानीय तहमा महासंघले धर्ना दिएको हो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु