२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरामा स्थानीय पाठ्यक्रमका बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम

२०८० भाद्र ११, सोमबार मा प्रकाशित ( साल अघि) ३३६ पाठक संख्या

सयपत्री समाचारदाताल
सिमरा, ११ भदौः जीतपुरसिमरा उपमहानगरपालिकाको स्थानीय पाठ्यक्रमका बारेमा सोमबार सिमरामा छलफल अन्तरक्रिया तथा राय सुझाव संकलन गरिएको छ । उपमहानगरपालिकाको कक्षा १ देखि ८सम्मको स्थानीय पाठ्यक्रम निर्माणका लागि समावेश गरिनुपर्ने विषयवस्तुहरुका बारेमा छलफल अन्तरक्रिया तथा राय सुझाव संकलन गरिएको हो ।
स्थानीय पाठ्यक्रम निर्माणका लागि सेलो फाउण्डेशन , बालुवाटार काठमाडौँले प्राविधिक सहयोग गरेको छ । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले पालिकामा पहिलो पटक स्थानीय पाठ्यक्रम निर्माण गर्न लागिएकोले सकारात्मक सोच, साँस्कृतिक, भाषिक, आर्थिक पक्षलाई समेट्न सके नसकेको हेर्न अनुरोध गर्नुभयो । उहाँले स्थानीय स्तरमा कृषि, पशुपालन, पर्यटन, व्यापार, भूगोल, प्रकृति आदि आदिलाई समेटी, अन्धविश्वास र कुरीति हटाउने खालको पाठ्यक्रम निर्माण गरिनुपर्ने धारणा राख्नुभयो ।

1693228569243
कार्यक्रममा रत्न राज्यलक्ष्मी क्याम्पस काठमाडौँका प्राध्यापक देवीप्रसाद घिमिरेले स्थानीय पाठ्यक्रम स्थानीय आवश्यकता, स्थानीय विषयवस्तु , स्थानीय सहभागिता र विज्ञतालाई समावेश गरेर पाठ्यक्रम निर्माण गरिने कुरामा जोड दिनुभयो ।

1693228524774
कार्यक्रममा क्याम्ब्रीज विश्व विद्यालयका ए लेभलका अध्यापक जिचेन स्यांगतानले जीतपुरसिमराको स्थानीय पाठ्यक्रम (१–८)का बारेमा तयार पारिएको मस्यौदालाई प्रस्तुत गर्नुभएको थियो ।

1693228501130
सामाजिक तथा आर्थिक महाशाखा प्रमुख शिवजी साहको अध्यक्षतामा भएको कार्यक्रममा नगरका शिक्षा समिति पदाधिकारी, स्थानीय पाठ्यक्रम निर्माण समिति पदाधिकारी, नगरका विभिन्न शाखाका कर्मचारी, सामुदायिक क्याम्पसका प्रमुख, सामुदायिक विद्यालयक प्रधानाध्यापक, संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

1693228837915

शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख हरिश भट्टले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण खुलप्रसाद गौतमले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु