२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नेपाल आयल निगमले दशैँअगाडि सिमरा विमानस्थलमा रिफ्यूलर राख्ने

२०८० भाद्र २८, बिहिबार मा प्रकाशित ( साल अघि) ३०७ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २८ भदौः नेपाल आयल निगमले दशैँअगाडि सिमरा विमानस्थलमा रिफ्यूलर राख्ने भएको छ । नेपाल आयल निगमले दशैँअगाडि सिमरा, र भरतपुरमा रिफ्युलर (हवाईजहाजमा इन्धन भर्ने ट्यांकर) राख्न लागेको हो ।
हाल यी स्थानमा इन्धन भर्ने सुविधा नहुँदा हवाईजहाजले काठमाडौंबाटै दुईतर्फी उडानका लागि आवश्यक इन्धन बोक्ने गरेका छन्।् । नेपाल आयल निगम अमलेखगञ्ज प्रादेशिक डिपोका कर्मचारी सन्दिप बरालले विमानस्थलमा चाँडै रिफ्युलर (हवाईजहाजमा इन्धन भर्ने ट्यांकर) पठाएर इन्धन सुविधा प्रदान गर्न लागिएको जानकारी दिनुभयो ।
यी विमानस्थलमा इन्धन भर्ने सुविधा नभएपछि इन्धन भर्ने सुविधाको माग गर्दै जीतपुरसिमरा उपमहानगरपालिकालगायतका स्थानीय तह, नागरिक उड्डयन प्राधिकरणमातहतको विमानस्थल कार्यालय र हवाईजहाज कम्पनीले लिखित पत्राचार गरेको कार्यलयले जनाएको छ । कार्यालयका अनुसार अब दसैँअगाडि नै अस्थायी रूपमा भए पनि इन्धन भर्ने सुविधा प्रदान गर्न थालिनेछ ।
आयल निगमले धेरै तेल खपत हुने भद्रपुर, विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, भैरहवा, नेपालगन्ज, धनगढीलगायतका विमानस्थललाई उच्च प्राथमिकता दिएर विमानस्थल परिशरमै हवाई इन्धन डिपो स्थापना गरेको छ  तर थोरै इन्धन खपत हुने विमानस्थलमा हवाई इन्धन डिपो राख्न चासो नदिँदा विमान कम्पनी र यात्रुले सास्ती भोग्दै आएका छन् । रिफ्युलर राखिएपछि भने समस्या समाधान हुनेमा स्थानीय तह, नागरिक उड्डयन प्राधिकरणमातहतको विमानस्थल कार्यालय र हवाईजहाज कम्पनीसमेत ढुक्क भएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु