२०८१ मंसिर ८, शनिबार
नयाँ
पछिला अपडेट

ब्राइटर एकेडेमीमा स्टुडेन्ट क्वालिटी सर्कल २०२३ को आयोजना

२०८० भाद्र २९, शुक्रबार मा प्रकाशित ( साल अघि) ३०७ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २९ भदौः बाराको सिमरामा रहेको ब्राइटर एकेडमीको संयोजनमा कोएस्ट नेपाल स्टुडेन्ट क्वालिटी सर्कल २०२३ आयोजना गरेको छ ।
कार्यक्रममा विद्यार्थीमा देखिएका समस्या, आइपरेका विषयवतु बुझेर, अध्ययन गरेर आफैँले समस्याका समाधान गर्न सक्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो । यसले विद्यार्थीमा सैद्धान्तिक मात्र नभएर व्यवहारिक ज्ञान, दैनिक जीवनमा आफैँले समस्याको समाधान खोज्न सक्ने बनाउँछ ।

IMG_20230915_183340
ब्राइटर एकेडेमीका म्यानेजिंग डाइरेक्टर चन्द्रदास चौहानको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडल रहनु भएको थियो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगर पालिका अन्तरगतका अक्षरा पाठशाला, एक्स सर्भिसम्यामिसन एकेडेमी, नवोदय शिशु सदन, न्यू एकता, पाथीभभारा, लोटस एकेडेमी, प्रोग्रेस एकेडेमी, राष्ट्रिय विभूति, शुभतारा, एसपिएस लगायतका संस्थागत विद्यालयको सहभागिता रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु