२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

डुमरवानामा तीज गीत नृत्य प्रतियोगीता सम्पन्न, विभूति शिक्षा सदन प्रथम

२०८० आश्विन १, सोमबार मा प्रकाशित ( साल अघि) ५५१ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १ असोजः नेपाली नारीहरुको महान चाड तीजको अवसरमा बाराको जीतपुरसिमरा वडा नं १५ डुमरवानामा तीज गीत नृत्य प्रतियोगीता सम्पन्न भएको छ । वडा नं १५को आर्थिक सहयोग र प्रगतिशील युवा क्लब डुमरवानाको सहजीकरणमा तीज गीत नृत्य प्रतियोगीता २०८० सम्पन्न भएको हो ।
वडा नं १५ का वडाध्यक्ष रामप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न प्रतियोगीतामा विभूति शिक्षा सदन प्रथम, शुक्लैया समूह द्वितीय र प्रोग्रेस एकेडेमी तृतीय भएका थिए । विजयी समूह प्रथम हुनेले नगद १० हजार, द्वितीय हुनेले ५ हजार र तृतीय हुनेले ३ हजार नगद पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगीतामा १५ वटा विभन्न समूहले सहभागिता जनाएका थिए ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, माओवादी केन्द्रकी केन्द्रीय सदस्य गीता कँडेल, माओवादी नेतृ प्रतिमा भुषाल, राप्रपा नेतृ सुस्मा मिश्र, प्रगतिशील युवा क्लबका अध्यक्ष कृष्ण नेपाल, वडा नं १५ का वडा सचिव प्रदीप रेग्मीलगायतको उपस्थिति रहेकाो थियो ।

विभिन्न व्यक्तित्वलाई सम्मान

1695045201831
समाजमा विभिन्न योगदान पुर्‍याएका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । सञ्चारकर्मी विदुर खड्कालाई समाजमा महत्वपूर्ण योगदान दिएको भन्दै दोसल्ला र सम्मानपत्र प्रदान गरि सम्मान गरिएको छ । त्यसैगरी सहिद परिवारमध्ये सहिद कृष्ण नेपालकी छोरी लिला नेपाललाई सहिद परिवारका तर्फबाट सम्मान गरिएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु