२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सेन्टअल्फोन्सास विद्यालयमा सचेतना कार्यक्रमको आयोजना

२०८० आश्विन ९, मंगलबार मा प्रकाशित ( साल अघि) २९३ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ९ असोजः समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत मंगलबार बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ४ स्थित सेन्टअल्फोन्सास विद्यालयमा लागू औषध द्रुव्यसन विरुद्धको सचेतना कार्यक्रम आयोजना गरिएको छ । अस्थायी प्रहरी पोष्ट औराहाका हेड कन्सटेबल जीतनप्रसाद चौरसियाले विद्यालय पढ्ने उमेर समूहका बालबालिकालाई कुलत र द्रुव्यसनबाट टाढा रहनु पर्छ भन्ने शिक्षा दिन जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
दुई चरणमा सञ्चालन गरिएको कार्यक्रममा मानव बेचविखन तथा ओसार प्रसार नियन्त्रण, लागू औषध र महिला हिंसाविरुद्धका विषयवस्तु समावेश गरी सचेतना फैलाइएको विद्यालयकी कक्षा ७ की छात्रा राजश्री बरालले जानकारी दिनुभयो । कार्यक्रमबाट विद्यालयका कक्षा ५ देखि कक्षा १० सम्मका करिब ४ सय बालबालिका लाभान्वित भएको विद्यालयले जानकारी दिएको छ ।
सचेतना कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सिस्टर लिन्सा, शिक्षकहरु पार्वती बस्नेत, श्याम दुतराज, एरिन्का काकीर्, अदिती बर्मालगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु