२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरामा सुविधा सम्पन्न सञ्जिबनी बाटिका (वृद्धाश्रम) भवनको समुद्घाटन

२०८० आश्विन १४, आईतबार मा प्रकाशित ( साल अघि) ४८० पाठक संख्या

सीता अधिकारी
सिमरा, १४ असोजः ३३ औँ  अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसर पारेर सञ्जिबनी बाटिकाको वृद्धाश्रम भवन समुदघाटन गरिएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ७ स्थित मदर्शा टोलमा निर्माण भएको सञ्जिवनी वृद्धाश्रमको एक कार्यक्रमका बिच प्रमुख अतिथि नेपाल सरकारका अर्थ मन्त्री डा. प्रकाश शरण महतले रीबन काटेर उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा अर्थमन्त्री महतले बाटिकाको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । महतले देशको आर्थिक अवस्था सहज रुपमा सुध्रन लागेकोले सबै उद्योगी व्यवसायीले उच्च मनोबलका साथ लगानी गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा संघीय साँसद एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले बाटिकाको पूर्ण सफलताको कामना गर्नुभयो ।

1696175911188
सो अवसरमा बारामा जिल्लामा रहेर समाजमा उल्लेखनीय योगदान पुर्‍याउनु भएका दुई जना ज्येष्ठ नागरिक छट्टु यादव र नन्दन अर्याललाई नगदसहित दोसल्ला र कदरपत्रले सम्मान प्रदान गरिएको थियो। साथै बाटिकालाई सहयोग गर्ने विभिन्न दाताहरुलाई समेत सम्मानित गरिएको थियो ।

1696175956432
बाटिकाका संस्थापक अध्यक्ष नेपाल सरकारका पूर्वमन्त्री तथा नेपाली काङ्ग्रेसका  सह महामन्त्री फर्मुल्लाह मन्सूरको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश साँसद देवनारायण चौधरी, महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव, जीतपुरसिमरा उपमहानगर पालिका वडा नं ७ का वडाअध्यक्ष सुनिल गुप्ता, प्रजिअ नवराज सापकोटा, डिलाराम पन्थी, महासेनानी बिनोद चन्द, कर अधिकृत राजकुमार खतिवडा, प्रेम देवकोटा, प्रहरी उपरीक्षक सुरेश काफ्ले,राजेन्द्र खड्का, डिएसपी प्रदीप क्षेत्री, रास्ट्रिय अनुसन्धानका एसपी अभिनव सिंहलगायत सयौ समाजसेवि तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण मेघा शाहीले गर्नुभएको थियो भने कार्यक्रममा सञ्जिबनी बाटिकाका कोषाध्यक्ष मधु शाही ठकुरीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु