२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

प्रथम मेयरको देहावसान: शोकाकुल भयो उपमहानगर

२०८० आश्विन २६, शुक्रबार मा प्रकाशित ( साल अघि) ५०७ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २६ असोजः बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रथम मेयर डा. कृष्ण पौडेलको अन्तिम संस्कार गरिएको छ । हृदयघातका कारण निधन भएका पौडेलको वडा नं ४ स्थित दुधौराखोलामा शुक्रबार अन्तिम संस्कार गरिएको हो । अन्तिम संस्कारका क्रममा श्रद्धाञ्जलि अर्पण गर्न पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान, जीतपुरसिमरा उपमहानगर प्रमुख राजन पौडेल, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, संघसंस्थाका प्रतिनिधि, समाजसेवी, शिक्षासेवीलगायत स्थानीयहरु पुगेका थिए ।
श्रद्धाञ्जलि सभा
पौडेलको पार्थिब शरीरलाई वडा नं २ को कार्यालयअगाडि राखेर अन्तिम श्रद्धाञ्जलि अर्पण गरिएको थियो । श्रद्धाञ्जली शभामा पूर्वमन्त्री एवं नेकपा एमालेका पुरुषोत्तम पौडेल, प्रतिनिधि सभाका सदस्य अच्युत मैनालीलगायतका एमाले नेता कार्यकर्ताद्वारा पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो । त्यसपछि शव यात्रासहित सिमरा बजार परिक्रमा गर्दै दुधौरा खोलामा अन्तिम संस्कार गरिएको थियो ।

1697200421077
शोकाकुल सिमरा
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रथम मेयर डा. कृष्ण पौडेलको निधनले सिंगो उपमहानगर शोकाकुल बनेको छ । बिहीबार आफ्नै घरमा हृदयघातका कारण पौडेलको निधन भएपछि जीतपुर सिमरा शोकाकुल बनेको थियो ।
सहकारीमा सामाजिक उत्तरदायित्व विषयमा विद्यावारिधि गर्नुभएका डा. पौडेल वि. सं २०७४ को स्थानीय निर्वाचनबाट जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर बन्नु भएको थियो । सहकारी अभियानमार्फत समाजप्रतिको सामाजिक उत्तरदायित्वपूर्ण कार्यमा अहम भूमिका निर्वाह गर्दै आउनका डा. पौडेल लामो समयदेखि सहकारी क्षेक्रमा सत्रीय उहाँ स्थानीय हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्व अध्यक्षसमेत हुनुहुन्थ्यो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का सञ्चालक सदस्य रहेका पौडेलले अडिटर्स एसोसिएसन अफ नेपाल (अडान) को उपाध्यक्षको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो ।

शोक विदा
दिवङ्गत प्रथम मेयर डा. कृष्ण पौडेलको असामयिक निधनको शोकमा शुक्रबार जीतपुरसिमरामा शोक बिदा दिएको छ । नगर प्रमुख राजन पौडेलद्वारा हस्ताक्षरित शोक सन्देशमा भनिएको छ– डा. पौडेलको निधनले यसपालिकालाई अपूरणीय क्षति भएको छ । यस दुखद् घडीमा स्वर्गीय पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल फरिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै मिति २०८० आश्विन २६ गते शुक्रबार यस उपमहानगरपालिका अन्तर्गतका वडा कार्यालय र शिक्षण संस्थाहरूमा शोक बिदा दिने निर्णय गरिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%८%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु