२०८१ मंसिर ७, शुक्रबार
सयपत्री समाचारदाता
सिमरा, ३ कात्तिकः दशैँको अवसर पारेर बाराको सिमरा बजार सिंगारिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १ स्थित एयरपोर्ट रोडलाई स्थानीयले झिलिमिली पारी सिंगारेका हुन् ।
प्रत्येक वर्ष स्थानीयहरुले सिमरा वजारलाई चिटिक्क पारी सिंगार्दै आएका छन् । सिमरा मुख्य चोकदेखि बजार सिंगारिएपछि आकर्षक देखिने र सेल्फी खिच्नेको समेत भिड लाग्दछ ।