२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

प्रदेश सदस्यलाई सपथ गराउन एमाले अध्यक्ष ओली कार्तिक १८ बीरगन्ज आउने

२०८० कार्तिक ९, बिहिबार मा प्रकाशित ( महिना अघि) ४०७ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ९ कात्तिकः नेकपा एमाले प्रथम मधेस प्रदेश अधिवेशनबाट निर्वाचित प्रदेश कमिटी सदस्यहरुको शपथ ग्रहण कार्यक्रम कार्तिक १८ गते बीरगञ्जमा हुने भएको छ । प्रदेश सदस्यहरुलाई पुर्व प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले शपथ गराउने कार्यक्रम रहेको एमाले मधेस प्रदेश कमिटिका सचिव मनोज पौडेलले जानकारी दिनु भयो ।
कार्यक्रमको व्यवस्थापन एमाले पर्सा जिल्लाले गर्नेछ । मधेस प्रदेश कार्यालयको दोश्रो बैठकले यस्तो निर्णय गरेको हो । आश्विन २४ देखि २७ गतेसम्म चलेको प्रथम अधिबेशनले ५ जना पदाधिकारीसहित २ सय ३५ सदस्य प्रदेश कमिटी सर्वसम्मत चयन गरेको थियो ।
कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु,प्रदेश लेखा आयोगका पदाधिकारी तथा सदस्यहरुलाई सपथ गराइनेछ भने केन्द्रीय सदस्यहरु र केन्द्रीय निकायका सदस्यहरुलाई आमन्क्रण गरिएको छ ।
कार्यत्रममा पर्सावाट पार्टीका जिल्ला कमिटी सदस्यहरु,पालिका कमिटी सदस्यहरु, जन संगठनका केसहरु, प्रदेश तथा जिल्ला कमिटी सदस्यहरुसहित सहभागी गराउने र बाराबाट पनि आवश्यकताअनुसार सहभागी गराउने निर्णय गरिएको सचिब पौडेलले बताउनु भयो ।
मधेस प्रदेश कमिटिका अध्यक्ष चन्देस्वर मण्डलको अध्यक्षतामा र पार्टीका पोलीटब्युरो सदस्य पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकको सहजीकरण सचिब मनोज पौडेल र स्वागत उपाध्यक्ष बिचारी यादबले गर्नु भएको थियो भने बैठकमा केन्द्रीय सदस्यहरु प्रभु हजरा,अरबिन्द सिहं,राजकुमार गुप्ता तथा केन्द्रीय सल्लाहकार परीषद सदस्य बिजय सरावगी र पर्सा अध्यक्ष डा.बिश्वम्भर शर्माको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु