२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बारा टाँगियाका स्थानीयद्वारा रुखमा अंगालो अभियान सञ्चालन

२०८० कार्तिक १८, शनिबार मा प्रकाशित ( महिना अघि) ४१५ पाठक संख्या

सीता अधिकारी
सिमरा, १८ कात्तिकः बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १६ टागियाबस्तीका स्थानीयले रुखमा अंगालो अभियान सञ्चालन गरेका छन् । उनीहरुले वन जंगल विनाश हुँदै गएकोले यसको संरक्षणका लागि शनिबार रुखलाई अंगालो हालेर रुखमा अंगालो अभियान सञ्चालन गरेका हुन् ।
टाङ्गियाबस्तीमा करिब २ सय स्थानीयबासीहरुले सहभागितामा प्रस्तावित निजगढ अन्तराष्टिय बिमानस्थलले बस्ती, वन,वातारण र जैविक विविधतामा परेको नकारात्मक असरबारे गुनासो गरेका थिए । कार्यक्रममा प्रख्यात वन विज्ञ भोला भट्टराईलाई स्थानीयले आफ्नो गुनासो पोखेका थिए ।
वन विज्ञ भट्टराईले वन जंगल नासेर कुनै पनि विकासका काम हुन नहुने बताउँदै टाङ्गियाबस्तीको स्थायित्व हुनुपर्ने कुरामा समेत जोड दिनुभयो । उहाँले टाँगिया वस्तीका स्थानीयको सबै गुनासोलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने प्रतिबद्वतासमेत जनाउनुभयो ।
कार्यक्रममा टाँगियावस्तीका युवा अगुवा नमराज सन्जेल र हलखोरिया साझेदारी वनका अध्यक्ष बिकल्प भट्टराईले समेत स्थानीयको वन वातावरणसम्बन्धि अधिकार सुनिश्चित गर्न सरकारसमक्ष माग गर्नुभयो।

Received_1007843896938300

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु