२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा चालु आर्थिक वर्षको स्वीकृत वडास्तरीय योजनाहरुमा ३० प्रतिशत बजेट कटौती

२०८० कार्तिक २४, शुक्रबार मा प्रकाशित ( महिना अघि) ४५२ पाठक संख्या

सीता अधिकारी
सिमरा, २४ कात्तिकः जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१को लागि स्वीकृत भएको वडास्तरीय योजनाहरुको ३० प्रतिशत बजेट कटौती गरेको छ । वडास्तरीय कार्यक्रम तथा योजनाहरु कार्यान्वयन गर्ने सन्दर्भमा यही कात्तिक २२ गते नगरप्रमुख राजन पौडेलको अधयक्षतामा बसेको बैठकले चालु आर्थिक वर्षमा स्वीकृत योजनाका लागि ३० प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेको हो ।
जीतपुरसिमरा उपमहानगरका योजना अधिकृत बालाराम खड्काद्वारा हस्ताक्षरित पत्रमा उपमहानगरपालिकाको कूल बजेटको करिब ३० प्रतिशत घाटा बजेट रहेको सन्दर्भमा वडागत योजना तथा कार्यक्रमहरु कार्यान्वयन सम्झौता गर्दा वडास्तरीय चालु र पूँजिगततर्फका दुवै भुक्तानी गर्न ७० प्रतिशत रकमको सीमामा रही संख्यासमेत यकिन गरी आगामी मंसिर मसान्तसम्ममा खरिद विधिसमेत छनोट गरेर फागुन मसान्तभित्र खरिद सम्झौता गर्ने गरी योजना तथा कार्यक्रमहरु कार्यान्वयन प्रक्रियाअघि बढाउन अनुरोध गरिएको व्यहोरा उल्लेख गरिएको छ ।हेर्नुहोसःपत्रको व्यहोरा

Received_274753548895487

नगरपालिकामा यस आर्थिक वर्षको साउनदेखि हालसम्म ६ करोड १६ लाख ४ हजार ९ सय ८१ रुपियाँ राजश्व संकलन भएको राजश्व शाखा प्रमुख रमेश सुवेदीले जानकारी दिनुभयो ।
हेर्नुहोसःपत्र

1699624028361

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु