२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

लैँगिक हिंसा विरुद्धको १६ दिने अभियानमा सिमरामा द्विप प्रज्वलन

२०८० मंसिर ९, शनिबार मा प्रकाशित ( महिना अघि) ३०८ पाठक संख्या

सयपत्री समाचरदाता
सिमरा, ९ मंसिरः लैँगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर शनिबार सिमरा चोकमा द्विप प्रज्वलन गरिएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सिमरा चोकमा द्विप प्रज्वलन गरिएको हो ।
कार्यक्रम सिमरा महिला साकोसकी अध्यक्ष मुना खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गीता शर्माले गर्नुभएको थियो । कार्यक्रममा साकोसका निवर्तमान अध्यक्ष अनिता लम्साल, उपाध्यक्ष भिमादेवी शर्मा, महिला नेतृ शोभा कार्की, राधादेवी साह, कमला घिमिरे, समाजसेवी प्रेम बराल, सिमरा महिला साकोसका सञ्चालक समिति सदस्य, लेखा समिति सदस्य, पूर्व सञ्चालक, कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मीलगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।
यस वर्षको अन्तराष्ट्रिय नारा युनाइट इन्भेष्ट टु प्रिभेन्ट भाइलेन्स एगेन्स्ट ओमेन एण्ड गर्ल्स हो भने राष्ट्रिय नारा लैँगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता रहेको छ ।
महिला हिंसा अन्त्य दिवस आजको दिन मनाउने गरिए पनि यो १६ दिनसम्म चल्न लैँगिक हिंसा विरुद्धको १६ दिने अभियान हो । यो नोभेम्बर २५देखि डिसेम्बर १०सम्म चल्ने गर्दछ । यो दिवस सन् १९८१ देखि मनाउन थालिएको हो ।
डोमिनिकन रिपब्लिकमा तत्कालीन समयमा त्यहाँका तानासाह राफेल ट्रुलिजाले तीन महिला अधिकारकर्मीलाई क्रूर तरिकाले हत्या गर्ने निर्देशन दिएका थिए । उनको निर्देशनअनुसार तीन मिराबल दिदीबहिनीको हत्या भएको थियो । यसै घटनाको स्मृतिमा पनि यो दिवस मनाउन थालिएको हो भने नेपाललगायत विश्वका मुलुकमा अहिले पनि महिलाहरु हिंसाका सिकार भैरहेका छन् त्यसको अन्त्यका लागि पनि जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्न जरुरी रहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु