२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

वन संरक्षण र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बाराका डिएफओ सिंह सम्मानित

२०८० मंसिर १०, आईतबार मा प्रकाशित ( महिना अघि) ३८२ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १० मंसिरः डिभिजन वन कार्यलय बाराका प्रमुख बिनोद सिंह सम्मानित हुनुभएको छ । नेपाल वन प्राविधिक संघले डिभिजन वन कार्यालयका प्रमुख विनोद सिंहलाई सम्मान गरेको हो ।
डिभिजन वन अधिकृत सिंहलाई काठमाडौँमा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सम्मान प्रदान गर्नुभएको थियो । डिएफओ सिंहलाई वन संरक्षण र व्यवस्थापनका क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै वन प्राविधिक संघले शनिवार सम्मान गरेको हो ।
डिएफओ सिंहले बारा, रौतहट तथा महोक्तरीमा अतित्रमणमा भएको वन क्षेत्रको जग्गा संरक्षण गरेर वृक्षारोपण गर्ने, चोरी तस्करी नियन्त्रण, वातावरण र जैविक विविधता संरक्षणलगायत क्षेत्रमा काम गर्दै आउनुभएको छ। पछिल्लो समय उहाँ मधेस प्रदेशको वन ऐन २०७७ को पहिलो संशोधन र प्रदेश वन नियमावली निर्माण समितिमा सदस्यसमेत रहनुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु