२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

डुमरवाना दुग्ध सहकारीको सर्वसम्मत कार्यसमिति चयन, अध्यक्षमा होमनाथ पण्डित

२०८० मंसिर १५, शुक्रबार मा प्रकाशित (0 महिना अघि) ९३६ पाठक संख्या

सयपत्री समाचरदाता
सिमरा, १५ मंसिरः डुमरवाना दुग्ध सहकारी संस्था लिमिटेडको २८ औँ साधारण सभाले होमनाथ पण्डितको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरेको छ ।
संस्थाको अधिवेशन सहितको साधारण सभाबाट तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति र र १३ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा नारायाण प्रसाद घिमिरे, सचिव सम्झना चौलागाइँ, कोषाध्यक्ष नीलकण्ठ सापकोटा, सर्व सम्मत हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा चित्रकला बराल, सीता काफ्ले, रामप्रसाद अधिकारी, कुमार पुरी, राजेन्द्रप्रसाद जम्कटेल, सुनिल मैनाली, खिमा कटुवाल भट्टराई, नरबहादुर आले मगर र शिव कुमार कार्की रहनुभएको छ । यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजक तेजप्रसाद चौलागाईँ चयन हुनुभएको छ भने रमेश कुमार सापकोटा र सानु वर्तौला सदस्यमा सर्वसम्मत चयन हुनु भएको छ ।

1701437339486
सर्वसम्मत नवनिर्वाचित अध्यक्ष होमनाथ पण्डित जीतपुरसिमरा वडा नं १२ का निर्वाचित वडासदस्य हुनुहुन्थ्यो । उहाँले वडा सदस्यको राजिनामा दिएर स्वीकृत भएपछि सहकारीको नेतृत्व लिनुभएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु