२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सिमरा विमानस्थलमा हवाइ इन्धन रिफ्यूलिंग स्टेशनको उद्घाटन

२०८० मंसिर १७, आईतबार मा प्रकाशित (0 महिना अघि) ३८५ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १७ मंसिरः सिमरा विमानस्थलमा आइतबार हवाइ इन्धन रिफ्यूलिंग स्टेशनको उद्घाटन गरिएको छ । नेपाल आयल निगम लिमिटेडको आयोजनामा
नेपाल सरकारका उद्योग तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्घाटन गर्नुभएको हो ।
उद्घटन कार्यक्रममा मन्त्री रिजालले पेट्रोलियम पदार्थको मूल्यलाई यथास्थितिमा राख्ने अवस्था नभएको बताउनुभएको थियो । रिजालले पेट्रोलियम पदार्थको मूल्य बढ्दा नबढाउने र मूल्य घट्दा घटाउने गरेकोले यो अवस्था लामो समय नटिक्ने बताउनुभएको हो । यसअघि आयल निगमले खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर २ सय रुपैयाँ वृद्धि गर्दा चौतर्फी विरोधपछि बढेको मूल्य फिर्ता लिएको थियो ।
यसैवीच उद्योगमन्त्री रिजालले आम जनताले उपभोग गर्ने ग्यास र औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ग्यासको विषयमा मन्त्रालयमा छलफल भइरहेको बताउनुभयो । उहाँले जनताले उपभोग गर्ने ग्याँसको मूल्य मापदण्ड बनाएर कममा विक्री गर्न र उद्योग कलकारखानामा प्रयोग गरिने ग्याँसको मूल्यलाई व्यवस्थापन गर्न सकिने कुरामा ध्यान दिन निगमलाई आग्रह गर्नुभयो ।

1701624600119
निगमका कार्यकारी निर्देशन उमेशप्रसाद थानीले नेपाल आयल निगम व्यापारिक संस्था भएपनि राज्यको पूर्ण स्वामित्वको संस्था भएकोले सेवामूलक भएको बताउनुभयो । उहाँले सिमरा विमानस्थलमा हवाई इन्धनको रिफ्युलिङ्ग स्टेसनको काम तदारुकता साथ भएको र भरतपुर, सिमरा र जुम्ला विमानस्थलमा हवाई इन्धनको रिफ्युलिङ्ग स्टेसन राख्ने नीति तथा कार्यक्रममा पनि तय भैसकेको बताउनुभयो ।

1701624581089
कार्यक्रम जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले सिमरा विमानस्थलमा रिफ्युलिङ्ग स्टेसन राख्ने ३ महिनादेखिको प्रयास सफल भएको बताउनुभयो । पौडेलले सिमरा विमानस्थलका क्षेत्र विस्तारका लागि नापी लगायतका कुरामा सहकार्य गर्दै अघि बढेको बताउनुभयो ।

1701618283943
कार्यक्रममा नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले विमानस्थलको क्षेत्रफल साँघुरो भएकाले बढाउनुपर्ने आवश्यकता रहेको औल्याउनुभएको थियो ।

1701624625132
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु