२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

साना किसान  सहकारीको आयोजनामा सञ्चालित ६ महिने सिलाइकटाइ तालिम समापन

२०८० मंसिर २०, बुधबार मा प्रकाशित (0 महिना अघि) ९८२ पाठक संख्या

सयपत्री माचारदाता
सिमरा, २० मंसिरः साना किसान कृषि सहकारी संस्था लिं डुमरवाना केन्द्र सिमरा शाखाको आयोजनामा सञ्चालित ६ महिने सिलाइकटाइ तालिमको बुधबार समापन गरिएको छ । लाइन्स क्लब वीरगञ्जको सहयोगमा ६ महिनासम्म सञ्चालन भएको तालिमको समापन संस्थाका सञ्चालक समितिका अध्यक्ष प्रदीप सिंह बरालको प्रमुख आतिथ्यतामा भएको हो ।

1701857539759
संस्थाले आफ्ना सेयर सदस्य तथा सेयर सदस्यका परिवारलाई सिप सिकाएर उद्यमी बनाई आत्मनिर्भर हुनका लागि सिपमूलक तालिम सञ्चालन गरेको संस्थाका अध्यक्ष बरालले बताउनुभयो । कार्यक्रममा लायन्स कल्ब बीरगञ्जका लायन प्रेसिडेन्ट पप्पु श्रीवास्तवले सामाजिक कार्यका लागि लायन्स क्लब सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
६५ जनाको सहभभागिता रहेको तालिमममा मुख्य प्रशिक्षक उर्मिला सापकोटा र सहायक प्रशिक्षक ढुंगेलले सिलाइ कटाइ सम्बन्धी तालिम दिनुभएको थियो । 1701864553027 कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

मेयर पत्नीद्वारा सिलाइ मेसिन उपहार
आफैँ सिलाइकटाइ तालिमको प्रशिक्षार्थी भएर पनि तालिममा सहभागी भै राम्रो कपडा सिलाउन जान्ने सहपाठी प्रशिक्षार्थीलाई मेयर पत्नी पूर्णकला भुषालले सिलाइ मेसिन प्रदान गर्नुभएको छ । तालिममा सहभागी भएदेखि नै प्रशिक्षार्थीको हौसला बढाउन र व्यवसाय सञ्चालन गरी जीविकोपार्जनका लागि सहज होस भन्दै तालिममा उत्कृष्टता हासिल गरी प्रथम हुने ईश्वरी अर्याललाई एक थान सिलाई मेसिन प्रदान गर्नुभएको हो । जीतपुरसिमराका मेयर राजन पौडेलकी धर्मपत्नी पूर्णकलाले व्यक्तिगत तवरबाट सहभागीलाई प्रोत्साहन गर्न सिलाइ मेसिन प्रदान गरेको बताउनुभयो ।
तालिममा दोस्रो स्थान हासिल गर्ने देवी कुँवरलाई संस्थाका अध्यक्ष प्रदीप सिंह बरालले एक थान सिलाइ मेसिन उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । त्यस्तै सिर्जना श्रेष्ठ तृतीय र दीपमाला शर्माले सान्त्वना पुरस्कार प्राप्त गरे भने नियमित उपस्थिति भै मुसकानदेवी रामले नगद पुरस्कार प्राप्त गरिन् ।
संस्थाका सञ्चालक समितिका सदस्य एवं तालिमका संयोजक शारदा रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रुद्र न्यौपाने, सञ्चारकर्मी बिदुर खड्का, संस्थाका निमित्त मुख्य प्रबन्धक प्रकाश रिमाल,समाजसेवी कमला घिमिरे लगायतको उपस्थिति रहेको थियो ।। कार्यक्रममा सिमरा केन्द्रकी संयोजक संगीता पाण्डेले स्वागत गर्नुभएको थियो भने केन्द्रका प्रबन्धक राजेन्द्र जमरकट्टेलले सहजीकरण गर्नुभएको थियो ।

1701857603570

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%५%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु