२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

होटल तथा पर्यटनसम्बन्धी ५ दिने ‘कस्टमर केयर सर्भिस’ तालिम सम्पन्न

२०८० मंसिर २३, शनिबार मा प्रकाशित (0 महिना अघि) ४३९ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २३ मंसिरः होटल तथा पर्यटन व्यवसायमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालित ५ दिने ‘कस्टमर केयर सर्भिस’ तालिम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहयोगमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) मधेस प्रदेशद्वारा आयोजित तालिम बाराको सिमरामा सम्पन्न भएको हो ।
नाट्टा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा भएको समापन समारोहमा होटल तथा पर्यटन क्षेत्रमा कार्यरत र मधेश प्रदेश अन्तरगतका विद्यालयहरुमा उच्च शिक्षा अध्ययन गरिरहेका ३३ जना सहभागी प्रशिक्षार्थीहरुलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले सहभागिताको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

1702122297891
नेपालमा युएनडिपी र नेपाल पर्यटन बोर्डको संयुक्त सहकार्यमा जीविकोपार्जन पुर्नरुत्थानका लागि दिगो पर्यटन परियोजना संचालन भईरहेको छ ।उक्त परियोजनामा होटल तथा पर्यटन क्षेक्रमा दक्ष जनशत्ति उत्पादन गर्ने र रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । होटल तथा पर्यटन क्षेत्रका लागि मात्र नभएर जुनसुकै क्षेत्रका लागि पनि तालिम अत्यन्त फलदायी भएको तालिमका प्रशिक्षार्थीहरुले बताएका छन् ।
समापन कार्यक्रममा हान नेपाल मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष मोहन प्रधान, तालिमका प्रशिक्षक विनय शाक्य, सञ्चारकर्मी विदुर खड्का, सहभागीहरु प्रीति भुजेल र आजाद हुसेन लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नाटा मधेशप्रदेशका वरिष्ठ उपाध्यक्ष बिनोद चौधरीले धन्यवाद मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरीले गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु