२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जनकल्याण मध्यवर्तीको २१ औं वार्षिक सभा सम्पन्न, कलेक्टरबिना बचत कारोवार गर्ने एकमात्र सहकारी भएकोमा प्रशंसा

२०८० पौष २१, शनिबार मा प्रकाशित ( महिना अघि) ३७९ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २१ पुसः जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराको २१ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । यस भेगकै जेठो सहकारी संस्था जनकल्याण वचत तथा ऋण सहकारी संस्था सिमराको २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले पानसमा वत्ती बालेर उद्घाटन गर्नुभएको कार्यक्रममा संस्थाका अध्यक्ष कमला घिमिरेले अध्यक्षको प्रतिवदेन प्रस्तुत गर्नुभएको थियो ।

IMG_20240106_164337

विस २०५९ सालमा स्थापित यस सहकारीले निरन्तर प्रगति गर्दै गएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । पूणर् रुपमा समुदायमा आधारित रहेर सदस्यहरुको आर्थिक सामाजिक स्तर उकास्न मद्यत गरेको संस्थाले आर्थिक वर्ष २०७९/०८०मा ४३ लाख ३४ हजार ९ सय ८९ रुपियाँ नाफा गर्न सफल भएको बताइएको छ ।
कार्यक्रममा संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत आफ्नो कार्यक्षेत्र भित्र रहेका नेपाल राष्ट्रिय मावि पथलैयाका कक्षा ६ मा पढ्ने छात्र र कक्षा १२ मा अध्यनरत छात्रालाई सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा असल कारोवारी सोनामति देवी उरावनीलाई सम्मान गरिएको थियो ।

1704538505036
संस्थाले संस्थाका जेष्ठ नागरिक सदस्य, असल वचत समूह लगायतलाई सम्मान गरेको थियो । यसैगरी उत्कृष्ट वर्ष कर्मचारी सम्मानबाट संस्थाका सहव्यवस्थापक सरस्वती सिटौलालाई सम्मान गरिएको थियो ।

1704538456489
साधारण सभाको वन्द सत्रमा संस्थाको विभिन्न प्रतिवेदनहरु पारित गरिएको थियो । कार्यक्रममा जीतपुरसिमराका नगर उपप्रमुख भोला प्रसाद अधिकारी, केन्द्रीय सहकारी संघ नेप्सकुनका केन्द्रीय सदस्य शोभा राउत, वडा न २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ , बारा जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुर, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, समाजसेवी नारायणी रायमाझी, सिमरा महिला साकोसकी उपाध्यक्ष भिमादेवी शर्मा, हातेमालो साकोसकी उपाध्यक्ष क्षमादेवी अधिकारी, जनकल्याण साकोसका पूर्व अध्यक्ष मधुशुदन सिटौला, संस्थाका सल्लाहकार मदनबहादुर क्षेत्री, मुसर्नीमाई मध्यवर्ती सामुदायिक वन समूहका अध्यक्ष कुवेर न्यौपाने, राधाकृष्ण मध्यवर्ती सामुदायिक वन समूहका अध्यक्ष सत्य श्रेष्ठ, भिमेश्वर मध्यवर्ती सामुदायिक वन समूहका अध्यक्ष पेशल मुल्मी, संगालो साकोसका रत्न उप्रेती, प्रभातफेरी दुग्ध सहकारीका अध्यक्ष नलिन्द्रबहादुर थापालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरुले विना कलेक्टर पनि वचत र कारोवारको काम गरिरहेको भन्दै सहकारीको प्रशंसा गरेका थिए ।

1704538578179
कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद रिमालले स्वागत गर्नुभएको थियो भने सञ्चालन कृष्ण सिग्देलले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु