२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

चिसो बढेपछि जीतपुरसिमराका विद्यालयमा तीन दिन विदा दिइयो

२०८० पौष २३, सोमबार मा प्रकाशित ( महिना अघि) २९७ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २३ पुसः चिसो बढेपछि जीतपुरसिमराका विद्यालयमा तीन दिन विदा दिइएको छ ।बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा पुस २४ देखि २६ गतेसम्म विद्यालयमा जाडो विदा दिईएको हो ।

उपमहानगरपालिका कार्यालयको २३ गतेको निणर्यानुसार बढदो चिसोको कारण उपमहानगरपालिकाअन्तर्गत रहेका सम्पूणर् विद्यालयहरुलाई तीन दिन जाडो विदा दिन सूचना जारी गरिएको छ । जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादले सूचना प्रकाशित गरि विदा दिईएको जानकारी गराउनुभएको हो ।

यसैगरी कलैया उपमहानगरले पनि ३ दिन जाडो विदा दिएको छ । दुईदिनदेखि घाम नलागेर तापक्रम घट्दै गएको र चिसो बढ्दै गएपछि शिक्षा विकास तथा समन्वय एकाइ बाराले स्थानीय निकायहरुलाई चिसोको अवस्था हेरी विद्यालयमा विदा गर्न सूचना जारी गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु