२०८२ बैशाख २, मंगलबार
नयाँ
पछिला अपडेट

बहिरा र बौद्धिक विद्यार्थीहरुलाई ट्राफिक नियम तथा दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रमको आयोजना

२०८० पौष २४, मंगलबार मा प्रकाशित ( साल अघि) ३२९ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २४ पुसः सुनाइसम्बन्धी अपांगता भएका बहिरा र बौद्धक विद्यार्थीहरुलाई ट्राफिक नियमसम्बन्धी तथा दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना जगाइएको छ । मंगलबार जिल्ला ट्राफिक प्रहरी कार्यालय सिमरा पोष्टका ट्राफिक हवल्दार रामप्रित चौधरीले विद्यार्थीहरुलाई सचेतना कार्यक्रमको आयोजना गरी विविध कुराको जानकारी दिनुभएको हो ।

1704808459387
नेपाल अपांग सेवा सँघ बाराको सभाहलमा आयोजित कार्यक्रममा सुनाइसम्बन्धी अपांगता भएका बालबालिकालाई बाटो कसरी काट्ने, ट्राफिक नियमको पालना कसरी गर्ने, दुर्घटना हुनबाट कसरी जोगिने भन्ने जस्ता कुरामा सचेतना जगाइएको नेपाल अपांग सेवा सँघ बाराका अध्यक्ष गंगा वाग्लेले जानकारी दिनुभयो । कार्यक्रममा शिक्षक सुशिला गौतमले सांकेतिक भाषामा सहजीकरण गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु