२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

पथलैयामा स्ट्रिट फुडको खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रमको आयोजना

२०८० पौष २६, बिहिबार मा प्रकाशित ( महिना अघि) ३१० पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २६ पुसः खाद्य स्वच्छता कायम गर्नका लागि बाराको पथलैयामा खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रमको आयोजना गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, वीरगञ्ज पर्साको आयोजना तथा होटल तथा पर्यटन व्यवसायी सँघ बाराको समन्वयमा स्ट्रिट फुडको खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रमको आयोजना गरिएको हो ।
चिया पसल, चटपटे तथा ठेलाका साथै होटल व्यवसाय गर्नेहरुले पाँचवटा कुरामा ध्यान दिनुपर्ने कार्यक्रममा जानकारी गराइएको थियो । विशेष गरी आफ्नो चिया, चटपटे तथा ठेला पसल सफा राख्नुपर्ने, आफ्नो व्यक्तिगत सरसफाइ साथै भान्सा, भाँडाकुँडा सफा राख्नुपर्ने कुरामा जोड दिइएको थियो
यसैगरी स्वच्छ पानी स्वच्छ खाद्य पदार्थमा जोड दिनुपर्ने, खाद्य सामग्री राम्ररी पकाउनुपर्ने, पकाएको र नपकाएको छुट्टै राख्नुपर्ने साथै पकाएको खाद्य सामग्रीलाई उचित व्यवस्थापन गर्नुपर्नेजस्ता कुरामा जनचेतना जगाइएको थियो ।

1704964287846
कार्यक्रमका वक्ताहरुले पथलैया पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको संगम विन्दुभएकोले यो बाटो भएर धेरै यात्रु ओहोरदोहोर गर्ने, पथलैयामा रात्रीकालिन होटल चल्ने भएकाले यात्रुहरुको स्वास्थ्यलाई ध्यानमा राखेर व्यापार व्यवसाय अघि बढाउन व्यवसायीहरुलाई सुझाव दिएका थिए । खाद्य स्वच्छताको पाटोमा ध्यान पुर्‍याउन सक्ने हो भने पथलैयालाई पर्यटकीय हवका रुपमा विकास गर्न सजिलो हुने वक्ताहरुको धारण थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, वीरगञ्ज पर्साका खाद्य अधिकृत सुरेश कुमार सिंहको अध्यक्षता तथा जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघका नगर अध्यक्ष मोहन शर्मा लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी सँघका अध्यक्ष अर्जुन लम्साल, भिमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पेशल कुमार मुल्मी, पूर्व जनप्रतिनिधि रामदास धोजु, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका खाद्य अधिकृत सतिस मण्डललगायत होटल व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु