२०८१ मंसिर ७, शुक्रबार
नयाँ
पछिला अपडेट

अपांगता भएका व्यक्तिहरुका लागि लैगिंक समानतासम्बन्धी २ दिने तालिमको आयोजना

२०८० पौष २७, शुक्रबार मा प्रकाशित (0 महिना अघि) ३१८ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २७ पुसः अपांगता भएका व्यक्तिहरुका लागि लैगिंक समानतासम्बन्धी २ दिने तालिमको आयोजना गरिएको छ । अपांगता भएका व्यक्तिहरुको लागि स्वाबलम्बन जीवन पद्धति केन्द्र (सिआइएल एफ )काठमाडौँको आयोजना तथा अपागं सेवा संघ बाराको समन्वयमा बाराको सिमरामा शुक्रबारबाट दुई दिने तालिमको सुरुवात गरिएको हो ।
अपांगता भएका व्यक्ति नै लैगिंक हिंसाको चपेटामा पर्नु परेको र उनीहरुको जीवन सुरक्षित कसरी राख्न सकिन्छ भनि यस्ता तालिमको आयोजना गर्नुपरेको अपांगता भएका व्यक्तिहरुको लागि स्वाबलम्बन जीवन पद्धति केन्द्र (सिआइएल एफ )काठमाडौँका महासचिव गणेश केसीले जानकारी दिनुभयो । कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले योजना लिएर आए स्थानीय सरकारले अपांगता भएका व्यक्तिहरुका लागि काम गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
अपांग सेवा सँघ बाराका अध्यक्ष गंगाप्रसाद वाग्लेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय अपांग महासँघ नेपालका उपाध्यक्ष अनिता गैरे, अपांगता भएका महिलाहरुको महासँघका अध्यक्ष निर्मला धिताललगायतको उपस्थिति रहेको थियो । तालिममा अपांगता व्यक्ति तथा उनीहरुका अभिभावकको सहभागिता रहेको छ । अभिभावककातालिम शनिबारसम्म चल्नेछ ।

1705063316154

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु