२०८२ कार्तिक ३, आईतबार
नयाँ
पछिला अपडेट

फुटबल खेलमा पहिचान बनाएको एनजेजेवाइसी सिमराको १६ औँ वार्षिक सभा सम्पन्न

२०८० पौष २७, शुक्रबार मा प्रकाशित ( साल अघि) ७७० पाठक संख्या

सयपत्री समाचारदात
सिमरा, २६ पुसः फुटबल खेलका लागि पहिचान बनाउँदै आएको नवजनजागृति युवा कलवले आफ्नो १६ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बारा जिल्लामा मात्र नभएर राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा सिमरा गोल्डकपद्वारा फुटबल खेलमा पहिचान बनाउन सफल भएको संस्थाले शुक्रबार १६ औँ सभा सम्पन्न गरेको हो ।
नव जनजागृति युवा क्लवका अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, उपप्रमुख भोला अधिकारी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन शर्मा, नेपाल खेलकुद पत्रकार महासँघका अध्यक्ष सुनिल गाउँले, संस्थाका सल्लाहकारहरु नारायणी रायमाझी, रेशम तिवारी, धर्मबहादुर श्रेष्ठ लगायतले खेल क्षेत्रलाई स्थानीय सरकारले प्राथमिकता दिएर बजेट छुट्याएपनि त्यसको सहि सदुपयोग र उचित व्यवस्थापन हुन नसकेको धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका निराजन थापाको स्वागत तथा श्याम सुवेदीको सहजीकरण रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु