२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

अ‍ौराहा पशुपालन सहकारी संस्थाद्वारा दुध उत्पादक किसानहरुलाई बोनस वितरण

२०८० पौष २८, शनिबार मा प्रकाशित ( महिना अघि) ३७५ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २८ पुसः बाराको जीतपुर सिमरा उपमहानगरपालिका वार्ड नं.४ अ‍ौराहामा अ‍ौराहा पशुपालन कृषि सहकारी संस्थाले एक कार्यक्रमका बिच दुध उत्पादक किसानहरुलाई बोनस वितरण गरेको छ । संस्थाको बार्षिक कार्यक्रम बमोजिम शुक्रबार बोनस वितरण गरीएको हो ।
कार्यक्रममा वर्षभरी कारोबार गर्ने लगभग १सय ५२ जना किसानहरूलाई ४ लाख ९६ हजार ६सय ९५ रुपैयाँ वितरण गरिएको संस्थाका उपाध्यक्ष दीपक सिम्खडाले बताउनु भयो । संस्थाका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक लेखासुपरीवेक्षण समिति संयोजक कुमारनाथ त्रिपाठीको सहभागीता रहेको थियोे ।
वर्षभरीमा संस्थाबाट २ लाख४८हजार ३सय ४७ लिटर दुधको कारोबार भएको संस्थाका मुख्य ब्यवस्थापक दुर्गा तिमल्सिनाले जानकारी दिनुभयो । सो रकम कुनै सरकारी अनुदानबाट नभई किसान भलाई कोष र संस्थाको आन्तरिक नाफाबाट ब्यवस्थापन गरिएको सचिव विनोद सापकोटाले बताउनुभयो । उहाँले पछिल्लो समय देशमा देखिएको आर्थिक संकटको मारमा कृषि ब्यवसाय र पशुपालन ब्यावसाय पनि प्रभावित भएको हुँदा यस भेगमा उत्पादन भएको दूध बिक्रीवितरण गर्न कठिनाइ भईरहेको गुनासो गर्नुभयो ।
यसैसन्दर्भमा पटकपटक सामाजिक संजालबाट र लिखित रुपमै जानकारी गराउँदा पनि कृषकको समस्याप्रति कसैले चासो नदेखाएकोले कृषकहरूमा नैरश्यता छाएको कृषक केदार सापकोटाले बताउनुभयो ।
कार्यक्रममा कृषकहरूको सहजीकरण संस्थाका उपाध्यक्ष श्री विन्दु ज्ञवाली, कार्यालय साहायक सलमा राई, सावित्रा तिवारी र अमृता दाहाले गर्नुभएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु