२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

डिप्रोक्स लघुवित्त वित्तीय संस्था मधेशप्रदेशद्वारा सिमरामा रक्तदान कार्यक्रमको आयोजना

२०८० पौष २८, शनिबार मा प्रकाशित ( महिना अघि) ११३१ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २७ पुसः डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संस्थाको २३ औँ वार्षिकोत्सवको अवसर पारेर डिप्रोक्सको मधेस प्रदेश कार्यालय सिमराले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

1705143543097
जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले रक्तदातालाई रक्तदान सामग्री प्रदान गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा ४७ जनाले रक्तदान गरेको डिप्रोक्स मधेस प्रदेश कार्यालयका अनुगमन अधिकारी सूर्यबहादुर बिष्टले जानकारी दिनुभयो ।

1705143481648

कार्यक्रममा संस्थाका जेष्ठ सदस्य सक्कलीदेवी अहिरिनलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । मधेस प्रदेशमा २९ ओटा शाखा रहेको र ६४ हजार सदस्य रहेको साथै ३७ हजारले ऋण लिएको लघुवित्तका मधेश प्रदेश प्रमुख देशबन्धु चौधरीले बताउनुभयो । यो प्रदेशमा संस्थाको आठ अर्व लगानी रहेको साथै वचत परिचालन पनि नौ अर्व हाराहारीमा रहेको प्रमुख चौधरीले जानकारी दिनुभयो ।

1705143663677
संस्थाले विशेष गरी कृषि, पशुपालन, फलफूल, तरकारी खेती, किराना पसल, व्यापार व्यवसायलगायतमा लगानी गर्दै जनाएको छ । कार्यक्रममा डिप्रोक्सको मधेश प्रदेशका विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । रक्त संकलनका लागि नेपाल रेडक्रस सोसाइटीले सहयोग गरेको थियो ।

1705144517456

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%४%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु