२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सिमरा सेजमा पहिलो उद्योगको रुपमा लक्ष्मी ग्रेनाइट सञ्चालनमा

२०८० माघ १३, शनिबार मा प्रकाशित ( महिना अघि) ४९१ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १३ माघः बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा पहिलो उद्योग सञ्चालनमा आएको छ । उद्योगी गुड्डु श्रीवास्तवले लक्ष्मी ग्रेनाइट इन्ड्रस्टिज उद्योग स्थापना गरी शनिबार उद्घाटन गरेपछि पहिलो उद्योगको रुपमा सञ्चालनमा आएको हो ।

1706356631319

विशेष आर्थिक क्षेत्र (सेज) का इञ्जिनियर अर्जुन पाण्डेले  एक कार्यक्रमका वीच उद्योगको उद्घाटन गर्दै लामोसमयदेखि सिमरा सेजलाई उद्योग मैत्री बनाउने र निर्यातमूलक उद्योगहरुको प्रवद्र्धन गर्ने तरिकाले काम गरिरहेकोमा सफल भएको बताउनुभयो । उहाँले देशमा यस्ता उद्योगको स्थापनाले फाइदा पुग्ने बताउनुभयो ।

1706356774362
सिमरा सेजमा १ सय ६५ बिघा क्षेत्रफलको ए बल्कमा ६९ प्लटहरु सबै प्याक भएको, चार, पाँच ओटा उद्योग निर्माण हुँदै गरेको र एउटा उद्योगले उत्पादन गरी निर्यातको अवस्थामा गएकोले अबको एक वर्षभित्रमा सबै प्लटहरुमा उद्योग निर्माण हुने इञ्जिनियर पाण्डेको भनाइ रहेको थियो ।
यसमा भाारतको राजस्थानबाट ढुंगा ल्याएर ग्रिनाइट बनाइ नेपाल र भारत तथा तेस्रो मुलुकमा निर्यात गर्ने सञ्चालक श्रीवास्तवले जानकारी दिनुभयो । करिब १२ करोड रुपियाँको लगानीमा सञ्चालनमा आएको उद्योग साँढे चार महिनामा तयार पारेको बताइएको छ ।

1706356755097
स्थानीय २० जना र अन्य मजदुर १० जनासम्म गरी ३० जनालाई रोजगारी दिन सफल भएको उद्योगले महिनाको २ देखि साँढे दुई लाख स्क्वायर क्यू फिट निकाल्ने लक्ष्य लिएको छ भने ग्रेनाइट घरको भर्‍यांग, भित्तालगायतमा प्रयोग गर्न सकिन्छ ।

17063566459081706356803896

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%६%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु