२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

स्वरोजगार लघुवित्तको ९१ शाखाबाट १ हजार ८ सय २० छोरीले पाए छात्रवृत्ति

२०८० माघ २७, शनिबार मा प्रकाशित ( महिना अघि) ७१३ पाठक संख्या

सयपत्री समाचरदाता
सिमरा, २७ माघः स्वरोजगार लघुवित्त वित्तीय संस्था मनहर्वा, बाराले शनिबार अतिविपन्न २० जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । सुख र समृद्धिको आधार सबैको लागि स्वरोजगार भन्ने मूल नाराका साथ स्थापना भएको संस्था मनहर्वाले एक विशेष कार्यक्रमको आयोजना गरी प्रति विद्यार्थी १ हजार २ सयका दरले छात्रवृत्ति प्रदान गरेको हो ।

1707573918929
मनहर्वा शाखाका शाखा प्रबन्धक अस्मिता गौतमका अनुसार छात्रवृत्तिसँगै छोरी शिक्षालाई प्राथमिकता दिँदै शैक्षिक सामग्री पनि हस्तान्तरण गरिएको थियो ।
उहाँले ग्रामीण भेगका महिलाहरुको आर्थिक सशक्तीकरणका लागि नै स्वरोजगार लघुवित्त वित्तीय संस्था स्थापना भएको, कमर्सियल बैँकहरु नपुगेको ठाउँ, दुर्गम तथा ग्रामिण भेगहरुमा वचत गर्ने वानीको विकास गराउन र सशक्तीकरण गराउनका लागि स्थापना भएको बताउनु भयो ।

1707573954957
केन्दीय कार्यालय बनेपा रहेको स्वरोजगार लघुवित्तको गत आर्थिक वर्षको मूल्यांकनमा १० उत्कृष्ट शाखामा मनहर्वा शाखा पनि रहेको छ । संस्थाको देशैभरि ९१ ओटा शाखा रहेका छन् । प्रत्येक शाखाले शनिबार प्रति शाखा २० जनालाई छात्रवृत्ति दिँदा १ हजार ८ सय २० छोरीले छात्रवृत्ति पाएका छन् ।
कार्यक्रममा संस्थाका कर्मचारीहरु राकेशकुमार गुप्ता, सुदिप चौधरी, मालती कुमार वछार, यसोदा कुमारी लगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%४%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु