२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमराले मनायो ११४ औँ अन्तराष्ट्रिय नारी दिवस

२०८० फागुन २५, शुक्रबार मा प्रकाशित ( महिना अघि) ३०४ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २५ फागुन: १ सय १४ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर जीतपुरसिमरा उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरेको छ । महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी भन्ने मूल नारालाई आत्मसात गर्दै कार्यक्रमको आयोजना गरेको हो ।

1709891654755

जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मधेशप्रदेश साँसद मञ्जु थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मधेश प्रदेशका पूर्व साँसद सीता गुरुंग, नेकपा माओवादीका केन्द्रयि सदस्य गीता कंडेल, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसाद, वडा नं १४ की वडाध्यक्ष चयन मगर, सञ्चारकर्मी शारदा पोख्रेल, उद्यमी रीना बजगाईँ, ब्रहकुमारी राजयोग सेवा केन्द्र जीतपुरकी रेणु दिदी, नेपाल अपांग सेवा केन्द्र बाराकी चन्दा गुप्ता, नेरामावि पथलैयाका शिक्षक देवी सुवेदीलगायतले मन्तव्य राख्नुभएको थियो ।

1709891670899
कार्यक्रममा विद्यार्थी नेतृ रीता रिजाल, नगर कार्यपालिका महिला सदस्य, महिला जनप्रतिनिधि, कर्मचारी, सँघसंस्थाका प्रमुख एवं प्रतिनिधि, विद्यालयका महिला शिक्षक, उद्यमी, व्यवसायी महिलालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन जीतपुरसिमरा उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख दुर्गा नयौपानेले गर्नुभएको थियो ।

वक्तृत्वकला प्रतियोगिता
अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर उपमहानगरले वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । अन्तराष्ट्रिय नारी दिवसः आवश्यकता र अवस्था विषयमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा नेपाल राष्ट्रिय नमुना मावि सिमराकी अनुशा लामिछाने प्रथम हुनुभएको छ ।

1709891736876
त्यसैगरी नेपाल राष्ट्रिय नमुना मावि बकुलियाकी रुची रौनियार द्वितीय र नमुना मावि सिमराकै छात्रा इशा थापाले तृतीय स्थान हासिल गर्नुभएको छ । विजयी छात्राहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा जीतपुरसिमराका ६२ ओटा सामुदायिक विद्यालयमध्ये दुईवटा नमुना विद्यालयबाट तीनजना छात्राहरुको मात्र सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु