२०८१ पौष ११, बिहिबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरा गोल्डकपको १४ औं संस्करण उद्घाटन, रंगशाला निर्माणका लागि मेयर पौडेलद्वारा खेलकुद मन्त्रीको ध्यानाकर्षण

२०८० चैत्र २४, शनिबार मा प्रकाशित ( महिना अघि) ८२७ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २४ चैतः जीतपुरसिमरा गोल्डकपको १४ औं संस्करण शनिबार उद्घाटन भएको छ । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले पानसमा बत्ती बालेर खेलको उद्घाटन गर्नुभएको हो ।
नव जनजागृति युवाक्लबका अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा भएको कार्यक्ममा मन्त्री श्रेष्ठले सिमरा रंगशालाका लागि स्थानीय पालिकाले योजना लिएर गए मन्त्रालयले सक्दो सहयोग गर्ने बताउनुभयो ।

1712418154888
यसैगरी नगरप्रमुख राजन पौडेलले विद्यालय तहदेखि नै खेल प्रति चासो जगाउन आवश्यक रहेको बताउनुभयो ।

1712418138485उहाँले खेलकुद क्षेत्रमा महिलाको न्यून सहभाागिता प्रति चिन्ता व्यक्त गर्नुुभयो । यसैवीच जीतपुर सिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले नगरका तर्फबाट सिमरा रंगशालाा निर्माणका लागि कुल लागतको एक अर्व ५ करोड अनुमानित रकम रातो कितावमा समावेश गरिदिनुहुन अनुरोध गरेको जानकारी दिनुभयो । हेनुहोस् पत्रः

IMG 20240406 WA0001
उद्घाटन कार्यक्रममा बारा जिल्लाका विभिन्न क्षेत्रबाट साँस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । प्रतियोगिताको पहिलो खेल त्रिभुवन आर्मी फुटबल क्लब र वीरगञ्ज युनाईटेड क्लब बीचमा भएको थियो । वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा साविक विजेता चर्च ब्वाईज युनाइटेड, आर्मी, नेपाल पुलिस क्लब, फ्रेण्ड्स क्लब र मच्छिन्द्र क्लब गरी ५ ‘ए’ डिभिजन टोलीसहित एपिएफ फुटबल क्लब, मकवानपुर ११ हेटौंडा, वीरगञ्ज युनाइटेड, सिराहाको सहलेश युवाक्लब र आयोजक नवजनजागृती युवा क्लब गरि १० टोलीको सहभागिता रहनेछ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग तथा जगदम्बा स्टिलको मुख्य प्रयोजनमा हुने प्रतियोगिताको विजेताले १० लाख र दोस्रो टोली ५ लाख रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछन् ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलेसमान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलका प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु