२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

जनकल्याण मध्यवर्ती साकोसद्वारा गर्भवतीहरुका लागि पौष्टिक आहार वितरण

२०८० चैत्र २८, बुधबार मा प्रकाशित ( महिना अघि) ५३४ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २८चैतः यस भेगकै जेठो सहकारी संस्था जनकल्याण मध्यवर्ती वचत तथा ऋण सहकारीले गर्भवतीहरुका लागि पौष्टिक आहार वितरण गरेको छ । नयाँ वर्षको अवसर पारेर जीतपुरसिमरा नगर अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आएका गर्भवतीहरुलाई स्वास्थ्यलाभको कामनासहित बुधबार संस्थाले पौष्टिक आहार वितरण गरेको हो ।
गर्भवती महिलाहरुका लागि संस्थाले पौष्टिक आहारमा फलफूल तथा हर्लिक्स उपलब्ध गराएको थियो । यसबाट ३१ जना गर्भवतीहरु लाभान्वित भएका छन् ।
संस्थाका अध्यक्ष कमला घिमिरेको नेतृत्वमा भएको कार्यक्रममा समाजसेवी नारायण पण्डित, अस्पतालका जनस्वास्थ्य अधिकृत अशोक जैसवाल, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, राधाकृष्ण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष सत्य श्रेष्ठ, भीमेश्वर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पेशल मुल्मी, राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद घिमिरे, संस्थाका सल्लाहकार समितिका संयोजक मधुकर सिटौला, सल्लाहकार मदनबहादुर क्षेत्री, मधुकर अधिकारीलगायत समितिका पदाधिकारी, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
सहकारीले वचत तथा ऋण कारोवार सँगै विभिन्न सामाजिक कार्यहरुसमेत गर्दै आइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु