२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नमुना मावि सिमरामा सूर्य नेपालले प्रशासनिक भवन निर्माण गरिदिने

२०८१ बैशाख ३१, सोमबार मा प्रकाशित ( महिना अघि) ५६३ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ३१ बैशाखः बाराको सिमरामा रहेको नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा सोमबार प्रशासनिक भवनको शिलान्यास गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ स्थित नमुना मावि सिमरामा सूर्य नेपाल प्रालिका कम्पनी म्यानेजर सुरेशकाजी श्रेष्ठले उक्त भवनको शिलान्यास गर्नु भएको हो ।
सूर्य नेपालको १ करोड १० लाखको सहयोगमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरामा ५ कोठे प्रशासनिक भवन निर्माण हुन लागेको बताइएको छ ।
सूर्य नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत रहेर काम गर्दै आईरहेको छ । सूर्य नेपालले स्वास्थ्य क्षेत्रमा जीतपुरसिमरा उपमहानगरपालिका -७ जीतपुरमा बर्थिङ सेन्टर निर्मान गरेर हस्तान्तरण गरेको र अहिले सिमरा कलेजमा ४० लाखको लागतमा क्यान्टीन निर्माण तथा जीतपुरसिमरा नगर अस्पतालको लागि ५ वटा हेमोडायलेसिस मेसिन समेत खरिद गरेको बताइएको थियो ।

सूर्य नेपाल प्रालिले पहिलादेखि नै विद्यालयमा डिजिटल लाईब्रेरीदेखि लिएर पथलैया बिरगंज ६ लेन सडक खन्डमा बृक्षारोपण कार्य लगाएतका कार्यक्रम गर्दै आईरहेको छ ।५ कोठे प्रशासनिक भवन शिलान्यास कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले सूर्य नेपालले जीतपुरसिमरा उपमहानगरपालिकामा गर्दै आईरहेको सहयोग सराहनीय रहेको धारणाा व्यक्त गर्नुभयो ।उहाँले आउँदा दिनमा समेत सूर्य नेपालले जीतपुरसिमरा उपमहानगरपालिकामा आवश्यक पर्ने भौतिक संरचना र स्वास्थ्य क्षेत्रको लागि आवश्यक पर्ने उपकरण सहयोग गर्ने उपमहानगरले सूर्य नेपाल प्राली संग आशा राखेको बताउनुभयो ।

1715611894361

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराका ब्यवस्थापन समितिका अध्यक्ष गईन्यलाल बस्नेत,जीतपुरसिमरा उपमहानगरपालिका -२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, सूर्य नेपालका यज्ञ बहादुर आले, विद्यालयका प्रधानध्यापक शंकर अचार्य लगायत विद्यालय ब्यवस्थापन समितिका सदस्य र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु