२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

लुमन्ती आवास निर्माण अन्तर्गत समुदायको योजना तथा सहभागितामूलक सामुदायिक प्रदर्शनी मेलाको आयोजना

२०८१ अषाढ ३, आईतबार मा प्रकाशित ( महिना अघि) ४७२ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २ असारः सामुदायिक विकास निर्माण प्रक्रियामा समुदायको योजना तथा सहभागितामूलक सामुदायिक प्रदर्शनी मेला आइतबार सिमरामा आयोजना गरिएको छ । लुमन्ती आवासका लागि सहयोग समूहको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको सहकार्यमा समुदायको अगुवाइमा सामाजिक तथा आर्थिक रुपान्तरणका लागि सामुदायिक सबलीकरण कार्यक्रम अन्तरगत सामुदायिक विकास निर्माण प्रक्रियामा समुदायको योजना तथा सहभागितामूलक सामुदायिक प्रदर्शनी मेला आयोजना गरिएको हो ।

1718550065203
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका अन्तरगतका वडा नं ९, ११, १९ र २० का अतिविपन्न तथा सिमान्तकृत वर्गका लागि आवास निर्माण गरी गाउँ टोलमा पक्की बाटो निर्माण, रोजगारीका लागि सिपमूलक तालिम, सरसफाई कार्यक्रम, खानेपानीका लागि सार्वजनिक धारा जडान कार्यक्रम, नाला निर्माण, पानीको गुणस्तर परीक्षण, महिला हिंसा न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रम लगायतका योजनाहरु सम्पन्न गर्न स्थानीय सरकार तथा सरोकार निकायले समेत प्रतिवद्धता जनाएका थिए ।लुमन्ती आवास अन्तरगत तीन वर्षमा एक सय ४० घर निर्माण गर्ने योजना रहेको बताइएको छ ।

1718550125032
लुमन्तीको कार्यसमिति सदस्य सरला केसरीको अध्यक्षतामा भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने उपप्रमुख भोला प्रसाद अधिकारीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा जीतपुसिमरा उपमहानगरपालिका वडा नं ९ का वडाध्यक्ष मोतिलाल यादव, वडा नं ११ का वडाध्यक्ष विन्दालाल सहनी, वडा १९ का वडाध्यक्ष दीपेन्द्र कुमार क्षेत्री, वडा नं २० का वडाध्यक्ष रसुल मियाँ अन्सरी, नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन शर्मा लामिछाने, इलाका प्रशासन कार्यलय सिमराका प्रतिनिधि सविर अंसारी लगायतको उपस्थिति रहेको थियो ।
लुमन्तीका कार्यक्षेत्र संयोजक अब्दुल कैशद्वारा कार्यक्रमका बारेमा प्रकाश पारिएको थियो भने कार्यक्रमको सञ्चालन रविकान्त तिवारीले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु