२०८२ बैशाख ६, शनिबार
नयाँ
पछिला अपडेट

संगालो साकोसद्वारा संरक्षित पूँजी फिर्ता कोषको रकम वितरण, सदस्यहरूमा खुसीयाली

२०८१ अषाढ ९, शनिबार मा प्रकाशित (0 महिना अघि) ६६५ पाठक संख्या

सयपत्री समाचरदाता
सिमरा,८ असारः संगालो वचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई संरक्षित पूँजी फिर्ता कोषको रकम वितरण गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ सिमरामा रहेको उक्त सहकारीले शनिवार एक कार्यक्रमको आयोजना गरी असल वचतकर्ता र असल ऋण कारोवारीलाई संरक्षित पूँजी फिर्ता कोषको रकम वितरण गरेको हो ।
सहकारी ऐन नियमअनुसार नै असल ऋणी कारोबारीको हकमा तिरेको ब्याजमा ६० प्रतिशत र बचत कारोबारीको हकमा ४० प्रतिशत संरक्षित पूँजी फिर्ता कोषबाट वितरण गर्न सकिने प्रावधानअनुरुप सदस्यहरुलाई रकम वितरण गरिएको संगालो साकोसका अध्यक्ष शालिकराम अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा असल ऋणीका रुपमा कारोवार गर्ने सुमोध ढकालले सबैभन्दा बढी १२ हजार २६ रुपियाँ रकम फिर्ता पाउनुभएको थियो भने असल बचतकर्ताका रुपमा सबैभन्दा धेरै शान्ति खतिवडाले ३ हजार ८ सय १८ रुपियाँ प्राप्त गर्नुभएको संस्थाका सचिव रत्न उप्रेतीले बताउनुभयो ।
कार्यक्रममा संस्थाका शेयर सदस्यहरु मनोज पोख्रेल तथा सरस्वती उप्रेतिले संरक्षित पूँजी कोषको फिर्ता रकम बुझिसकेपछि यस्तो कार्यक्रमले सहकारीप्रति अझै आकर्षण बढ्ने र संस्थासँग कारोबार गर्न हौसला मिल्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा संस्थाका पदाधिकारी, कर्मचारीसमेतको उपस्थिति रहेको थियो ।

 

17190359978401719035965629

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु