शाश्वतधामको यात्रा
राजश्री बराल
पहिलो त्रैमासिक परीक्षा सकिएपछि विद्यालयमा वर्षे विदा भयो । लामो विदा हुने भएकोले कुनै नयाँ ठाउँ हेन, घुम्न जान पाए हुने थियो भन्ने मनमा लागिरहेको थियो । जान त जाने तर कहाँ जाने ? गैसकेको ठाउँ जान मन लाग्दैन । त्यसो हुनाले कहिल्यै नदेखेको र नगएको ठाउँ नै उपयुक्त हुन्छ भन्ने लागेर यो पटक सीजी अर्थात शाश्वत धाम जान मन लाग्यो ।
शाश्वत धाम को अर्थ के रहेछ भनेर शब्द कोश हेरेँ । नेपाली बृहत् शब्दकोशका अनुसार शाश्वतको अर्थ वि.(सं) १.कहिल्यै पनि नाश नहुने, सधैँभरि रहिरहने, चिरस्थायी, नित्य, सनातन, चिरन्तन । ना. २.वेदव्यास । ३. स्वर्ग । ४. शिव । ५. सूर्य । ६. अन्तरिक्ष । रहेको छ । त्यस्तै धाम को अर्थ ना.( सं) १. बस्ने, ओतिने र अडिने ठाउँ, गृह, घर । २. बसोवासका निम्ति सुरक्षित स्थान, वासस्थान । ३. शरीर, देह, जीउ । ४. शोभा, सुषमा, श्री । ५. स्वर्ग, पुण्यस्थान, तीर्थ । रहेको छ ।
शाश्वत धामलाई सीजी भनेर चिनिन्छ । चौधरी ग्रुपले निर्माण गरेको भएर यसको नाम सीजी भनिएको रहेछ । टेलिभिजन, वासिङ मेसिनलगायत थुप्रै ब्राण्डहरु सीजीको नाममा छ । अझ सबैले चिन्ने ब्राण्ड वाइवाइ चाउचाउ हो ।
सीजी घुम्न जानका लागि भाइ ऋषभ र म नै निकै उत्सुक थियौँ । २०८१ साउन ९ गते ब’शधबारका दिन बिहानी सूर्यको किरणँंगै निन्द्राले छाड्दा बिहानीको ६ः०० बजेको रहेछ । ओछ्यानबाट उठेर हेर्दा भाइ म भन्दा अगाडि नै उठी सकेको रहेछ । मामु (शिक्षण तथा पत्रकारिता गर्नुहुन्छ ) रेडियोबाट भर्खरै आएर रोटी पकाइ रहनु भएको देखेँ । मंगलबार बेलुका म र भाइ दुवैलाई ज्वरो आएको थियो । मामूले मलाई र भाइलाई अहिले कस्तो छ भनेर सोध्नुभयो । भाइले टाउको दुखिरहेको छ भन्यो । मामुले फेरि दिदीलाई चाहिँ कस्तो छ नि ? भनी मतर्फ फर्केर सोध्नुभयो । मैले ठिकै छ भने । मामुले हामीलाई दूध रोटी खाएर औषधि खानुपर्छ भन्नुभयो र दुधरोटी दिनुभयो । त्यही समयमा बाबा जगिङबाट फर्किनुभयो । भाइ औषधि खाएर ओछ्यानमा गएर सुत्यो । बाबाले यसको आज स्कुल जाने विचार छैन भन्ने बुझ्नुभयो । बाबाले मामुलाइ यीनिहरूलाई आज सीजी घुमाएर ल्याऊ भन्नुभयो । त्यसपछि भाइ मन बाटै खुसी भयो र उठेर आफ्नो मुख धोयो । हामीले लुगा लगाएर यात्रामा लाग्यौँ । बाराको सिमराबाट हेटौंडा , नारायणगढ हुदै हामी नवलपरासी जिल्ला पुग्यौं । गण्डकी प्रदेशको नवलपरासी जिल्लाको देवचुली नगरपालिकामा शाश्वत धाम अवस्थित छ । शाश्वत धाम कलात्मक तरिकाले निर्माण गरिएको छ । हामी गएको समयमा मन्दिरको मर्मत भैरहेको रहेछ । मन्दिर र सङ्ग्रहालय दुबै एउटैमा देख्न पाउँदा मन आनन्द भयो । सङ्ग्रहालय छिर्नका लागि एक सय ५०को टिकट लाग्दो रहेछ । त्यसमा विद्यार्थी परिचय पत्र छ भने ६० रुपियाँमा हुने रहेछ ।
हामी टिकट लिएर भित्र गयौं । गणेशको मूर्ति राखेर दशद्वार निर्माण गरिएको रहेछ । कृष्ण र गोपिनी लिला, कंश बध लगायतका विभिन्न आकृतिहरु त्यहाँ निर्माण गरिएको अलौकिक नै लाग्यो । अझ रमाइलो पक्ष ढुङ्गामा स्पीकर जडान गरिएको रहेछ । कहााबाट आवाज आयो भनेर हेर्दा ढुङगामा पो रहेछ , नौलो प्रयोग । मामुले त्यहाँ पछी जौला भन्नुभयो । त्येसपछी हिड्ने क्रममा हामीले स्पिकरबाट आवाज सुन्यौं । वरपर हेर्दा स्पिकर ढुङ्गाको रूपमा बनाईएको रहेछ । भाइले ढुङ्गाबाट आवाज आइरहेको छ भन्दै छक्क प¥यो ।
त्यसपछि हामी सङग्रहालय भित्र गयौं । त्यहाँ पुराना सामान, भगवानका आभूषण , सानोदेखि ठुलो प्रकारका शालिग्राम, विभिन्न धार्मिक स्थानका माटो , सबै धर्मग्रन्थहरू आदि थिए । त्यसपछि हामी बाहिर आयौं र भाइले घोडागाडी भनेर करायो । मामुले भाइलाई खेल्छोेै भन्नुभयो । भाइले मामुलाई खेलिहाल्छुनि भन्यो। हामीले घोडागाडी खेलेपछि बालबालिकाले खेल्ने ठाउँ गयौं ।
भाइ भित्र गएर खेल्न थाल्यो । म र मामु सित्तलमा बसिरहयौ । त्यहाँ बौद्ध धर्मसँंग सम्बन्धि विद्यालय पनि थियो । हामीले सबै ठाउँ अवलोकन गर्यौ र बाहिर निस्किएर खाजा खायौं । खाजा खाएपछि गाडीमा बसेर घर फर्किन थाल्यौ । हामी नारायणगढसम्म सम्म लोकल गाडीबाट आयौं । त्यहाँबाट हामी वीरगञ्जको गाडीमा चढ्यौँ । हामी गाडीबाट फर्किदै गर्दा गाडीबाट इन्द्रेणी देख्यौं । त्यो समय निकै रोमाञ्चक थियो । हामी राती ९ः०० बजे घर आइपुग्यौ । राती केही खान मन नलागेकोले मैले र भाइले एक कचौरी दाल खाएर सुत्यौँ ।
(राजश्री बराल नेरामावि सिमरा बाराकी कक्षा ८ की छात्रा हुन् ।)