२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

प्रोग्रेसमा विद्यार्थी गुणीय चक्र (एस कयू सी ) को उद्घाटन

२०८१ आश्विन ३, बिहिबार मा प्रकाशित ( महिना अघि) १३१ पाठक संख्या

सयपत्री समाचादाता
सिमरा,३ असोजः जीतपुरसिमरा उपमहानगरपालिका अन्तरगत पर्ने वडा नं १५ मा रहेको प्रोग्रेस एकेडेमीमा विद्यार्थी गुणीय चक्र (एस कयू सी ) कार्यक्रमको उद्घाटन गरिएको छ । जनकपुर र हेटौँडाको एक एक विद्यालय तथा जीतपुर सिमरामा रहेका विभिन्न संस्थागत विद्यालयहरुको सहभागिता रहेको विद्यार्थी गुणीय चक्रसम्बन्धी २ दिने कार्यशाला शुक्रबारसम्म सञ्चालन हुनेछ ।
। कार्यशालमा ११ विद्यालयका छात्रछात्राहरुको सहभागिता रहेको छ । कार्यक्रमको उद्घाटन मधेश विश्वविद्यालयको उपकुलपति दीपक शाक्यले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले आफ्ना विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु