२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

घण्टीमाई साकोसको १२ औँ वार्षिक सभा सम्पन्न

२०८१ आश्विन ५, शनिबार मा प्रकाशित ( महिना अघि) १९६ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ५ असोजः बारा जिल्लाको जीतपुरसिमरास्थित औराहामा रहेको घण्टीमाई साकोसको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार देवाश्रम पार्कको प्रांगणमा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
एक हजार ७ सय ४६ शेयर सदस्य रहेको सहकारी संस्थाको ९९ वटा लघुवित्त समूह रहेको छ । यस वर्ष संस्थाले करिब १९ करोड ७३ लाखको कारोबार गरेको र ३३ लाख ९१ हजार नाफा कमाउन सफल भएको संस्थाका अध्यक्ष कोपिला सिंखडाले बताउनुभयो ।

1726925394280

उद्घाटन कार्यक्रम
राष्ट्रिय सहकारी महासँघका पूर्व अध्यक्ष मिनराज कँडेलले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको कार्यक्रममा मधेश प्रदेश सभाका पूर्व सांसद सुन्दर विश्वकर्मा, बारा जिल्ला बचत सँघका अध्यक्ष सतेन्द्र ठाकुर, जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व उपप्रमुख सरस्वतीदेवी चौधरी, नगरका सहकारी शाखा प्रमुख सुधन चौधरी, हातेमालो साकोसका उपाध्यक्ष सञ्जय साह, संगालो साकोसका अध्यक्ष निराजन थापालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव त्रिलोक विक्रम ठकुरीले गर्नुभएको थियो ।

विभिन्न विधामा सम्मान

संस्थाले आफ्नो १२औँ वार्षिक साधारण सभाको अवसरमा विभिन्न क्षेत्रका व्यत्तिहरुलाई विभिन्न विधामा सम्मान गरेको छ । सामजिक क्षेत्रमा काम गरेबापत अभियन्ता दीपक नेपाललाई सम्मान गरिएको थियो ।

1726925447165
शिक्षातर्फ माध्यमिक तहमा उत्कृष्ट अंक ल्याउने नेरामावि सिमराका गौरवमान श्रेष्ठ र सामाना भट्राईलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा जेष्ठ सेयर सदस्य अम्बिकादेवी सुवेदी र रामकृष्ण कार्की,लाई सम्मान गरिएको थियो ।
त्यसैगरी उत्कृष्ट ऋणी जमुना रोका र वेदनिधि रिजाल संस्थाका उत्कृष्ट कर्मचारी निशा लुइटेललाई सम्मानित गरिएको थियो । उत्कृष्ट बाल बचततर्फ सहारा विश्वकर्मालाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि ,अतिथिलगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

घण्टीमाई सहकारी पत्रकारिता पुरस्कार २०८१ भण्डारीलाई

यसैगर्री साकोसले यस वर्षको घण्टीमाई सहकारी पत्रकारिता पुरस्कार २०८१ दिवाकर भण्डारीलाई प्रदान गरेको छ । समुदाय, सामाजिक गतिविधि र सहकारीसम्बन्धी समाचार सम्प्रेशण गरेको भन्दै सञ्चारकर्मी भण्डारीलाई यस वर्षको घण्टीमाई सहकारी पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत गरिएको हो

Ghantimai Samman1

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु